३२ असार २०८३, बिहिबार | July 16, 2026

रारा म्याराथनको सद्भावना दुतमा मिरा राई



काठमाडौं । किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत(गुडवील एम्वासडर) भएकी छिन् ।

मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला फुल म्याराथन दुई विधामा समान पुरस्कार रहनेछ ।

सद्भावना दुतका रुपमा मीराले रारा म्याराथनमा समेत सहभागी हुनेछिन । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुसँगैं दौडिने छु तर प्रतियोगीका रुपमा होइन्’, मीराले भनिन ।

मीरा राईले निःशुल्क रुपमा यस म्याराथनको सद्भावना दुतको रुपमा काम गर्नेछिन । ‘नयाँ खेलाडीलाई अवसर मिल्ने भएकाले रारा म्याराथनमा म निशुल्क रुपमा काम गर्न लागेको हुँ’, मिराले भनिन् ।

मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली टे«ल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन । दर्जनौं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्रफी एडभेन्चर अफ द एयर’ विजेता हुन ।

रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दुतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । ‘मीरा राई जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र  अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन ।’ उनले भने ।

‘जुम्ला विश्व किर्तिमानी धावक हरि बहादुर रोकाया दाईको ठाँउ हो, उहाँको मार्ग निर्देशनमा हामी अघि बढिरहेका छौं, अध्यक्ष शाहले भने, ‘जुम्लामा हरीदाईको अनुभव लगाव, मिहिनेतले हुर्किएका नयाँ खेलाडीको लागि रारा म्याराथन घरमै ठुलो अवसर हुनेछ, सबै खेलाडीको लागि त छदैछ ।’

रारा म्याराथनले कर्णाली प्रदेशको पर्यटन र विकासमा पनि टेवा पुग्ने  अपेक्षा गरिएको छ । जलवायु परिवर्तन र मानिसहरुको बढ्दो आगमनले रारा तालको पर्यावरणमा पर्ने असर बारे सचेतना फैलाउनु पनि कार्यक्रमको उद्देश्य अन्तरालले जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १० : ५८ बजे

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव

घुस प्रकरणमा टेलिकमका पूर्वएमडी सुनील पौडेललाई साढे ८ वर्ष कैद

काठमाडौं । विशेष अदालतले घुस लिएको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध

पूर्वमन्त्री फत्तेसिंह थारूको निधन

नेपालगन्ज । पूर्वमन्त्री फत्तेसिंह थारूको निधन भएको छ। राप्रपा नेतासमेत

प्रधानमन्त्री र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का