४ पुस २०८२, शुक्रबार | December 19, 2025

कीटनाशक झोलको प्रयोग : असावधानीले निम्त्याउला जोखिम



काठमाडौं । विश्वव्यापि महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिमका बेला त्यसको रोकथाम गर्ने उद्देश्य राखेर मुलुकका विभिन्न क्षेत्रमा किटनाशक झोल छर्कने ९स्प्रे गर्ने० गरिएको छ । चिकित्सकले यस्तो झोलले मानव स्वास्थ्यमा असर गर्न सक्नेतर्फ सचेत गराइए पनि स्प्रे गर्ने क्रम रोकिएको छैन । त्यसमा होसियारीसमेत अपनाउनु सकिएको देखिँदैन । मानिसको शरीरमै स्प्रे गरिएका दृष्य विभिन्न सामाजिक सञ्जालमा देखिएको छ ।

धेरैजसो क्षेत्रमा सेनिटाइजेशन टनेल नै बनाएर स्प्रे गरिएको छ । कतिपय ठाउँमा मानव शरीरमा नै खुलमखुला स्प्रे गरिएको छ । चिकित्सकले भने यस्तो स्प्रे मानव स्वास्थ्यका लागि नै हानिकारक हुन सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । नेपाल चिकित्सक सङ्का उपाध्यक्ष अनिलविक्रम कार्की भन्नुहुन्छ, “यस्ता किटनाषक झोल मानिसको आँखा, मुख, छालामा पर्यो भने चिलाउने, फोका आउने बिबिरा आउने हुनसक्छ, आँखामा पर्दा ज्योतिमा नै समस्या आउन सक्छ, किटनाशक झोल मानव शरीरमा छ्याप्नु हुन्न ।”

सामाजिक सञ्जाल र मिडियामा यसको नकारात्मक असरबारे प्रचारप्रसार हुन थालेपछि कतिपय स्थानमा स्प्रे गर्न बन्द पनि भयो । तर यो क्रम पूर्णतः रोकिएको छैन । काठमाडौँ छिर्ने नाका नागढुङ्गामा ठुलो टनेल बनाएर गाडीलाई नै स्प्रे गरिन्छ । तर यसले मानिसलाई नभई सवारीसाधनलाई मात्रै स्प्रे गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा डिस–इन्फेक्सन गर्ने नाममा किटनाशक झोल मानिस र सवारी साधनमा छरेको पाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

मानिसको शरीरमा भाइरस हुने भएकाले बाहिरी आवरणमा स्प्रे गर्दैमा भाइरस मर्ने भन्ने हुँदैन । यस्ता झोल सङ्क्रमण भएको क्षेत्रमा मात्रै प्रयोग गर्ने हो । हाल प्रयोगमा ल्याइएको सोडिएम हाईड्रोक्लोराईड लगायतका केमिकलले भाइरस मार्ने नभई राम्ररी प्रयोग गर्न नजान्दा मानिसको स्वास्थ्यमा नै असर पर्न सक्ने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताउनुहुन्छ । उहाँले सही तरिकाले प्रयोग नगर्दा स्वास–प्रश्वासमा पनि समस्या आउन सक्ने उल्लेख गर्नुभयो ।

शरीरमा भाइरस प्रवेश गरिसकेपछि बाहिर छरेर केही नहुने चिकित्सकले बताएका छन् । कोभिड–१९ को विश्वव्यापि महामारीसँगै नेपालमा पनि दैनिक रुपमा देखा परिरहेको छ । हालसम्म ९९ जनामा रोगको सङ्क्रमण देखिसकेको छ ।

सतहलाई डिस–इन्फेक्ट गर्न सकिने

यस्तो किटनाशक झोल तोकेको मात्रा पु¥याएर भूँई, सतह तथा सवारीसाधन, कुनै चिजवस्तु तथा प्याकिङ गरिएका सामग्रीमा स्प्रे गर्दा भने निसङ्क्रमण गर्न सकिन्छ । तर भाइरस रोक्ने भन्ने नहुने डा देवकोटाले बताउनुभयो । मन्त्रालयलका अनुसार कोभिड–१९ बाट जोगिन सबैभन्दा सरल र महत्वपूर्ण उपाए भनेको २० सेकेण्ड मिचिमिचि हात धुने हो । त्यस्तै सामाजिक दूरी कायम गर्ने र लकडाउनलाई पालना गर्दा रोगसँग बच्न सकिन्छ । नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड १९’ नाम दिएको छ । यसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरिसकिएको छ । कोरोना भाइरस श्वासप्रश्वासका माध्यमबाट सर्ने रोग हो । यो सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट सर्दछ ।

नयाँ प्रजातिको भाइरस पहिले मानव जातिमा पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुमा सङ्क्रमण गर्छ । भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । रुघाखोकी ज्वरो देखिएका बिरामीले भने सावधानी अपनाउनुपर्ने चिकित्सकले बताएका छन् । अहिलेसम्म विश्वमा रोगको उपचार विधि पत्ता लागिनसकेको अवस्थामा झोल छर्केर सङ्क्रमण निको हुन्छ भन्नु चाहि गलत हुने चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ६ : ३४ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा