१८ श्रावण २०८३, सोमबार | August 3, 2026

मुम्बइबाट आएर लुकिछिपी नेपाल छिरेका थिए कपिलवस्तुका दुई संक्रमित



बुटवल । बिहीबार कोरोना भाइरसको संक्रमण देखिएका कपिलवस्तुका १६ र २२ वर्षका २ युवक भारतको मुम्बईबाट एक साताअघि लुकीछिपी जिल्ला आएको खुलासा भएको छ । उनीहरु नेपाल छिरेको थाहा भए लगत्तै दुबै जनालाई मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई स्थानीयवासीले समातेर क्वरेन्टाइनमा राखेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनु भयो ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण गर्दा आज कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको थियो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ भने उनीहरुलाई बुटवलको आइसोलेसन अस्पतालमा ल्याउने तयारी भइरहको छ । दुई संक्रमित भेटिए लगत्तै शुक्रबार बिहानैदेखि कन्ट्याक्ट ट्रेसिङको तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश ५ का १२ जिल्ला मध्य तीन जिल्लामा कोरोना संक्रमित भेटिएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ११ : ११ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल