७ श्रावण २०८३, बिहिबार | July 23, 2026

विपन्न विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) बितरण



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं.१७ स्थित श्री जनशक्ति नमुना भिमप्रसाद गोमाता न्यौपाने प्राविमा अध्ययनरत अति बिपन्न परिवारका २ सय ६१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्टिक गर्भनर नोमिनी राजेन्द्र ध्वजु, जोन २३ का एसिस्टेन्ट गर्भनर डा. नारायण पन्थ, क्लब अध्यक्ष जबिन कक्षपतिले विद्यालयका प्रधानाध्यापक कल्पना भण्डारीलाई कपडा हस्तान्तरण गरेका थिए ।

जाडो बढेसंगै न्यानो कपडाको कमिले गर्दा बिद्यालयमा विद्यार्थीहरु कम आउन थालेको जानकारी आएसंगै क्लबका पुर्बअध्यक्ष मान बहादुर बिकको पहल र क्लबका सदस्यहरुसंग ९० हजार रुपैया बराबर सहयोग रकम जुटाएर स्वीटर वितरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए ।

कार्यक्रममा क्लबका पुर्बअध्यक्ष मान बहादुर बिक, पुर्बअध्यक्ष जीवन प्रसाद अधिकारी, बोर्ड सदस्य दिनेस अग्रवाल, रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष बिजय कार्कीले सामाजिक सेवाको भावना अनुसार निरन्तर सहयोगमा लागेको बताए ।

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : २३ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी