२० मंसिर २०८२, शनिबार | December 6, 2025

विपन्न विद्यार्थीलाई न्यानो कपडा (स्वेटर) बितरण



बुटवल । रोटरी क्लब अफ बुटवल डाउनटाउनले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं.१७ स्थित श्री जनशक्ति नमुना भिमप्रसाद गोमाता न्यौपाने प्राविमा अध्ययनरत अति बिपन्न परिवारका २ सय ६१ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

रोटरी ईन्टरनेश्नल ३२९२ का डिष्टिक गर्भनर नोमिनी राजेन्द्र ध्वजु, जोन २३ का एसिस्टेन्ट गर्भनर डा. नारायण पन्थ, क्लब अध्यक्ष जबिन कक्षपतिले विद्यालयका प्रधानाध्यापक कल्पना भण्डारीलाई कपडा हस्तान्तरण गरेका थिए ।

जाडो बढेसंगै न्यानो कपडाको कमिले गर्दा बिद्यालयमा विद्यार्थीहरु कम आउन थालेको जानकारी आएसंगै क्लबका पुर्बअध्यक्ष मान बहादुर बिकको पहल र क्लबका सदस्यहरुसंग ९० हजार रुपैया बराबर सहयोग रकम जुटाएर स्वीटर वितरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए ।

कार्यक्रममा क्लबका पुर्बअध्यक्ष मान बहादुर बिक, पुर्बअध्यक्ष जीवन प्रसाद अधिकारी, बोर्ड सदस्य दिनेस अग्रवाल, रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष बिजय कार्कीले सामाजिक सेवाको भावना अनुसार निरन्तर सहयोगमा लागेको बताए ।

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : २३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय