२१ भदौ २०८३, आइतबार | September 6, 2026

धनगढी प्रयोगशालामा किट अभाबमा भएपछि कोरोना परीक्षण रोकियो



धनगढी । मौज्दात किट सकिएपछि धनगढी प्रयोगशालामा कोरोना भाइरस परीक्षण रोकिएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटी(पिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षण बन्द भएको हो ।

बुधबार राति चार जनाको परीक्षण भएकोमा किटको मौज्दात सकिएपछि बिहीबार परीक्षण बन्द गर्नुपरेको प्रयोगशालाले जनाएको छ ।
थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि पिसिआर किट र आरएनए एस्ट्राक्सन किट आवश्यक पर्छ । पिसिआर किटको मौज्दात भए पनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ । अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ ।

किट नभएपछि थ्रोट स्वाब संकलन गरिएका ५० बढिको अहिलेसम्म नमुना परीक्षण गर्न सकिएको छैन् । धनगढीमा प्रयोगशाला स्थापना भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन बन्द गरिएको थियो । किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षणसमेत गर्न सकिएको छैन ।

काठमाडौं र वीरगञ्जमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन नसक्दा जोखिम बढेको छ । किट अभाव हुँदा संकलित नमुनाको समेत परीक्षण रोकिएपछि शंकास्पदको नमुना संकलनसमेत अहिलेलाई बन्द गरिएको छ ।

किटको मौज्दात सकिएको र शुक्रबारसम्म संघीय सरकारले पठाउने जानकारी आएको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार शुक्रबार संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि तीन सय किट पठाउने तयारी गरेको छ । यसअघि सुदूरपश्चिम प्रदेशमा स्वाब राख्ने भाडो भिटिएमको अभाव हुँदा परीक्षण प्रभावित भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  २ : ४४ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका