१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भारतबाट नेपालको सार्वभौमिकतामाथि पुनः अतिक्रमण, लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन



काठमाडौं । बारम्बार नेपाली भूमी अतिक्रमण गरिरहेको भारतले नेपाली भूभाग लिपुलेक हुँदै चीनको तिब्बत मानसरोवर जाने सडक एकपक्षीय रुपमा खुला गरेको छ ।

भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको हो। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत सडकमा आवागमनको आरम्भ गरेका छन् । सडक उद्घाटन गरेको सिंहले शुक्रबार ट्विटरमा मार्फत गराएका छन्।

‘मानसरोवर यात्राको लिंक रोड उद्घाटन गर्न पाउँदा खुशी लागेको छ। बीआरओ ९बोर्डर रोड अर्गनाइनेसन०ले धार्चुलादेखि लिपुलेक (चीन सीमा) कैलाश मानसरोवर यात्रा रुटको रुपमा चिनिन्छ,’ सिंहले ट्विटरमा लेखेका छन्, ‘पिथौरागढदेखि गुन्जीसम्म जाने मोटरहरुको समूहलाई विदाई गर्दै सो रुटको उद्घाटन गरेको छु।’

गत कात्तिकमा भारत सरकारले जारी गरेको नयाँ नक्सामा कालापानीसहित लिपुलेक र लिम्पीयाधुरासहित नेपाली भूभागलाई समेटेर आफ्नो नक्सामा पारेपछि त्यसको नेपालमा ठूलो विरोध भएको थियो ।

भारत आफैले स्वीकार गरेको विवादित भूमिबाट नेपालको अनुमति विना सडक खुला गरेर नेपालको सार्वभौमिकता अतिक्रमण गरेको छ ।

नेपालले सीमासम्बन्धी विषय छलफल गर्न कैयौं पटक भारतलाई आग्रह गरेपनि भारतले वेवास्ता गर्दै आएको छ ।

भारतले नेपालको ठूलो क्षेत्रफल अतिक्रमण गरेर आफ्नो सैनिक क्याम्प खडा गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ४ : ३९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा