१७ बैशाख २०८१, सोमबार | April 29, 2024

महाकालीको पानी आएपछि किसानले फलाए आलु



बैतडी । खेती किसानी गर्न आकासको पानीको भर पर्दा सधैं बाँझो रहने खेतमा अहिले महाकालीको पानी कलकल बगिरहेको छ । बाँझो खेतमा महिलाहरुले मेहनत गरेर गोठेमलको प्रयोग गरेपछि पहिलो पटक ४० क्विन्टल आलु फलेको छ । स्थानीय सरकारले महाकालीको पानी तान्न १५ लाख रुपैयाँको लिफ्ट सिँचाई योजना बनाएपछि बैतडीको दशरथचन्द नगरपालिका-१०, तिरखडेनीका महिलाले आलुखेती गरेका हुन् ।

दशरथचन्द नगरपालिका र रुडेस-अक्सफामको सहयोगमा बनेको लिफ्ट सिँचाई योजनाले बैतडीको तिरखडेनी गाउँ अहिले हराभरा भएको स्थानीय महिला किसान शान्ति बुडालले बताइन । ‘गोठेमल प्रयोग गरेर गाउँमा पहिलो पटक हामीले ४० क्विन्टल आलुको बिउँ रोप्यौँ’, शान्ति बुडालले भनिन, ‘युरिया, मलखाद र विषादीको प्रयोग नगरी आलु फलाएका छौँ ।’

कृषि ज्ञान केन्द्र बैतडीले स्थानीय महिलाहरुलाई सामूहिक तरकारी खेती गर्न ४० क्विन्टल आलुको बिउँ दिएको थियो । गाउँमा पहिलो पटक महिलाहरुले व्यवसायिक आलुखेती सुरु गरेको कृषि प्राविधिक ललिता जोशीले बताइन । गतवर्ष छेउमै बगिरहेको महाकाली नदीको पानी लिफ्ट गर्न दशरथचन्द नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । रोपेको तीन महिना नपुग्दै आलु फलेपछि पुस २२ गतेदेखि आलु खन्न सुरु गरेको स्थानीय किसान कौशा बुडालले बताए ।

यसअघि भारतीय बजार झुलाघाट गएर तरकारी किन्दै आइरहेको सम्झना गर्दै प्रताप बुढालले अब त्यो समस्या टरेको बताए । ‘महाकालीबाट लिफ्ट सिंचाई योजना बनेपछि गएको एक वर्षदेखि हामीले बजारबाट तरकारी किनेका छैनौं’, उनले भने, ‘बरु अहिले बजारमा तरकारी बिक्री गरिरहेका छौँ ।’ आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : ४३ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा