२३ बैशाख २०८१, आइतबार | May 6, 2024

राजस्व छली प्रकरण: भगवती लेमिनेट्स राजस्व अनुसन्धानको घेरामा



काठमाडौं । राजस्व अनुसन्धान विभागले प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिको राजस्व छली प्रकरणलाई गम्भीर रूपमा लिँदै छानबिन सुरु गरेको छ । विभागले सो प्रालिले राजस्व छली गरेको प्रारम्भिक चरणमा आवश्यक विवरण संकलन कार्य थालिएको जनाएको छ ।

प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्सले एकपछि अर्को राजस्व छली गर्दै आइरहेको समाचार सञ्चार माध्यममा प्रकाशित भएको थियो । सञ्चार माध्यममा भगवती लेमिनेट्सले राजस्व छली गरेको समाचार सप्रमाण प्रकाशित भएपछि राजस्व अनुसन्धान विभागले त्यसलाई नै आधार मानेर प्रारम्भिक छानबिन थालेको हो ।

राजस्व चुहावट सम्बन्धमा अनुसन्धान तहकिकात र अभियोजन गर्ने मुख्य जिम्मेवारी राजस्व अनुसन्धान विभागकै हो । एकपछि अर्को राजस्व छली गर्दै आएपछि भगवती लेमिनेट्स अहिले विभाग निगरानी र छानबिनको घेरामा परेको हो । यस प्रालिका मुख्य सञ्चालक विष्णु मधगोरिया र कन्ट्री म्यानेजर विकास सिंह हुन् । विभागले प्रालिका सञ्चालकलगायतका कर्मचारीमाथि समेत निगरानी बढाइने जनाएको छ ।

राजस्व अनुसन्धान विभागका एक अधिकारीले सञ्चार माध्यममा आएको समाचारका आधारमा भगवती लेमिनेट्सले राजस्व छली गर्न अपनाएका माध्यम तथा आवश्यक कागजात संकलन गर्न थालिएको जानकारी दिए । ‘भगवती लेमिनेट्सले राजस्व छली गरेसम्बन्धी विवरण र सूचनाहरू संकलन गरिरहेका छौं, यसलाई गम्भीर नोटिसमा राखेर आवश्यक अनुसन्धान गर्नेछौं,’ विभागका ती अधिकारीले भने ।

विभागका ती अधिकारीले कर छलेको तथ्य र आधारलाई केलाउने गरी विस्तृत अनुसन्धान गरिने बताए । ‘अहिले प्रमाण संकलनतर्फ लागेका छौं, आवश्यकताअनुसार अनुसन्धान अधिकृत तोकेरै छानबिन अगाडि बढाउँछौं,’ ती अधिकारीले भने ।

भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छली गर्दै आइरहेको तथ्य सार्वजनिक भइसकेको छ । सो लेमिनेट्सले विभिन्न डिलरमा फर्जी बिलबिजक जारी गरी सामान पुर्याएर राजस्व छली गरेको प्रमाणसमेत फेला परिसकेको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०७६ को दफा ४ अनुसार कम राजस्व तिर्ने उद्देश्यले गलत वा झुटा लेख विवरण वा कागजात प्रस्तुत गरी वा नगरी प्रचलित कानुनबमोजिम तिर्नुपर्ने वा बुझाउनुपर्ने राजस्व नतिरेमा वा घटी राजस्व तिरेमा राजस्व चुहावटसम्बन्धी कसुर मानिनेछ । भगवती लेमिनेट्सले समेत सोही दफाअनुसार राजस्व चुहावटसम्बन्धी कार्य गरेको पाइएको छ । सो ऐनको दफा २३ मा राजस्व चुहावटको कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृतिअनुसार १ करोडदेखि १० करोड रुपैयाँसम्म बिगो र एक महिनादेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।

राजस्व अनुसन्धान विभागका ती अधिकारीले भगवती लेमिनेट्सले राजस्व छली गरेको कसुर प्रमाणित भएमा सोहीअनुसार बिगो र कैद सजाय हुने जानकारी दिए ।

भगवती लेमिनेट्सले पछिल्लोपटक काठमाडौं बूढानीलकण्ठस्थित मौलाकालिका प्लाइका नाममा गत ३ मंसिरमा भ्याट नम्बर ३०४ उल्लेख गरी ना०६ख ३१११ नम्बरको ट्रकमा सामान पुर्याएको पाइएको छ । सो बिलको सबैभन्दा तल ‘के’, ‘पी’ र ‘जीटी’ लेखेको देखिन्छ । बिल नम्बर ३०४ मा कच्चा बिलमार्फत ११ लाख ४९ हजार र पक्का बिलमार्फत १२ लाख ५७ हजार गरी २४ लाख ६ हजार रुपैयाँ लिएको देखिन्छ । सो लेमिनेट्सले लामो समयदेखि यसरी नक्कली बिलबिजक प्रयोग गरी राजस्व छली धन्दालाई अगाडि बढाउँदै आइरहेको देखिन्छ ।

कम्पनीले ग्रेडिङ गर्दा थोरै मोटाइको प्लाइलाई ‘ए’ ग्रेडको लेबल तथा ब्रान्डिङ गरी बिक्री गरेको र ग्राहकलाई निम्नस्तरको सामान बिक्री गरी उच्च मूल्य असुली भ्याट बिल बनाई राजस्व छली गर्दै आरहेको छ । राजस्व अनुसन्धान विभागले यस सम्बन्धमा पनि आवश्यक विवरण संकलन थालिएको जनाएको छ । सो लेमिनेट्सले ‘बी’ ग्रेडिङको प्लाइउडलाई ‘सी’ ग्रेडको मूल्य राखी कर छल्न भ्याट बिल बनाउने गरेको पाइएको छ ।

सो कम्पनीले अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्नका लागि सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको समेत पाइएकाले यस सम्बन्धमा आवश्यक छानबिन हुनुपर्ने देखिएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ३४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa