४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिंहदरबार अगाडिको प्रदर्शन र प्रहरीमाथि आक्रमणबारे चिनियाँ दूतावासले दियो स्पष्टिकरण



काठमाडौं । केही चिनियाँ नागरिकले सिंहदरबार अगाडि निषेधित क्षेत्रमा गरेको प्रदर्शनबारे चिनियाँ दूताबासले ध्यानाकर्षण भएको जनाएको छ ।

दूतावासका प्रवक्ताले सञ्चार माध्यमलाई पठाएको प्रश्नोत्तर नोटमा घटनाबारे नेपाल प्रहरीसँग निरन्तर सम्पर्कमा रहेर जानकारी प्राप्त गरेका जनाएका छ्न । दुतावासका प्रवक्ताले भनेका छन्, ‘लकडाउनका बीचमा भएका घटनाबाट उत्पन्न सबैखाले परिस्थितिलाई दुवै देशले एकअर्काको नजिकको सम्पर्कमा रहेर समाधान गर्न सक्छन्’ ।

चीनले जहिले पनि नेपालको नियम र कानुनलाई पालना गर्न आफ्ना नागरिकहरुलाई कडा निर्देशन दिँदै आएको बताउँदै प्रवक्ताले आफ्ना माग कानुनसम्मत तरिकाले सम्बन्धित निकायमा पुर्याउनु पर्ने जनाएका छन् ।

प्रवक्ताले अवाञ्छित गतिविधि नगर्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएका छन् । कोभिड १९ को महामारीको यससमयमा नेपालले गरेको लकडाउनलाई पालना गर्न आफ्ना चीनले आफ्ना नागरिकहरुलाई अनुरोध गरेको छ ।

दूतावासले चिनिया नागरिकको वैधानिक अधिकार र हितको रक्षा गर्न नेपाली पक्षलाई अनुरोध गरेको छ ।नेपालमा रहेका आफन नागरिकहरुलाई विशेष उडानमार्फत स्वदेश फर्काइरहेको जनाउँदै दूतावासले घर फर्किन चाहने सबैलाई सम्भव भएसम्म उद्दार गरिरहेको जनाएको छ ।

दूताबासले अप्ठेरो अवस्थामा पनि स्वदेश फर्किनका लागि सहयोग गरेकोमा यसका लागि नेपालको विदेशमन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग, अध्यागमन विभाग, भन्सार, प्रहरी र र सरकारका सबै विभागलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ८ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको