८ बैशाख २०८१, शनिबार | April 20, 2024

एक महिनापछि खुल्यो काँकडभिट्टा नाका



झापा। झापाको काँकडभिट्टास्थित पूर्वी नाका आजदेखि खुला भएको छ । गत चैत २६ गतेदेखि भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले एकतर्फीरुपमा सीमावर्ती पानीटङ्की नाका बन्द गरेपछि नेपालतर्फ आयातनिर्यात ठप्प भएको थियो । यो नाका एक महिनापछि खुलेको हो ।

मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माले भारतबाट आज ३० मालवाहक गाडी नेपाल भित्रिएका बताउनुभयो । उहाँका अनुसार सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी दिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले आज नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरु पाँच गाडीको सिल खोल्न बाँकी रहेको बताउनुभयो । उहाँले २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका जानकारी दिनुभयो ।

कोभिड– १९ को सङ्क्रमण फैलिन थालेको जनाउँदै भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा भन्सार बन्द गरेपछि भारतीय मार्ग हुँदै नेपाल आउने अत्यावश्यक मालसामानको आयात रोकिएको थियो । कोलकत्ता बन्दरगाह र सिलगढीमा नेपाली सामान रोकिएको थियो । पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करसमेत विराटनगरको सीमापारि जोगवनी नाकाबाट भित्रिएर झापा आउने गरेका थिए ।

भारतीय भन्सार कार्यालयले नेपालबाट खाली गाडी फर्किन नदिने मौखिक जानकारी दिएको जनाउँदै मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले सामान अनलोड गरेपछि ती गाडी कसरी फर्काउने भन्ने विषयमा अन्योल रहेको बताउनुभयो । खाली गाडीलाई पानीट्याङ्की नाकाबाट जान नदिने हो भने नेपालबाट पेट्रोलियम पदार्थ लिन जाने खाली ट्याङ्करमा समेत अवरोध पुग्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ५ : १८ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु