४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल चारदेशीय टी-२० शृंखला खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ ।

शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी-२० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा १७ फेब्रुअरीबाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्न लागेको हो ।

शृंखलाको पहिलो खेलमा नेपाल ११ फेब्रुअरी मा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ । १२ फेब्रअरीमा दोस्रो खेलमा युएईविरुद्ध र १४ फेब्रुअरीमा आयरल्यान्डसँगै खेल्नेछ ।

ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, जर्मनी र आयोजक ओमान छन् ।

ग्लोबल छनोटका खेलहरु १७ देखि २४ फेब्रुअरीसम्म हुने तालिका छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ०७ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,