२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

सगरमाथा चीनमा पर्ने भन्दै चिनिया सञ्चारमाध्यममा आयो झुटो दाबी



काठमाडौं । कालापानी, लिपुलेकमा भारतले नेपालको १९ किलोमिटर भुमि मिचेर सडक उदघाटन गरेको चर्चा सेलाउन नपाउंदै चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेर नयां बिबादको सुरुवात गरेको छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क [सीजीटीएन]ले ट्वीटर मार्फत सगरमाथा चिनिया भुभागमा पर्ने उल्लेख गरेको छ ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।

सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेसंगै नेपाल लगायत बिश्व समुदायका सामाजिक सन्जालमा चिनिया दाबीको विरोध पनि सुरु भएको छ । सामाजिक सञ्जालकर्ताहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन चिनिया सञ्चारमाध्यमलाई सुझाव दिइरहेका छन् ।

ऐतिहासिक तथ्यांक अनुसार सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो । त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ ।

सन् वि.सं. २०७२ मा नेपालमा आएको भूकम्पले सगरमाथाको उचाइ केही घटेको हुन सक्ने अनुमान पनि गरिएको छ । गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोली सगरमाथाको उचाइ नापेर फर्किएपनि हालसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।

 

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १२ : ५८ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट