६ श्रावण २०८३, बुधबार | July 23, 2026

मन्दिरको मूर्ति चोर पत्ता लगाउन कसम खुवाइने



काठमाडौं । ललितपुरको सुनाकोठीमा एउटा मन्दिर छ, बालकुमारी माई । सो मन्दिरप्रति स्थानीय बासिन्दाको यतिसम्म विश्वास छ कि सुनाकोठीलाई बचाउने र जोगाउने नै बालकुमारी माई हुन् ।

त्यहाँका बासिन्दा आफूहरूलाई केही भयो भने सुरुमै सोही मन्दिरलाई सम्झन्छन् । कतै चोरी भयो, चोर पत्ता लगाउनुप-यो भने बालकुमारी माईको कसम खाऊ त भनेर पनि भनिन्थ्यो विगतमा । त्यस्तो भनेपछि झुटो कसम खाने आँट कसैले गर्दैनथे ।

सुनाकोठीका बासिन्दाको आस्थाको धरोहर बालकुमारी माईको मूर्ति आइतबार स्वयं चोरी भएको छ । मूर्ति चोरी भएपछि स्थानीय बासिन्दा प्रहरीको सहयोगमा खोजीमा जुटेका छन् । यद्यपि, आइतबार राति अबेरसम्म फेला परेको छ्रैन । तैपनि मूर्ति फेला पर्नेमा उनीहरू ढुक्क जस्तै छन् ।

बालकुमारी माईको मन्दिरको मूर्ति हराएको थाहा पाउने पहिलो व्यक्ति हुन् प्राणनाथ महर्जन । ललितपुर महानगरपालिका–२७ सुनाकोठीका स्थानीय बासिन्दा प्राणनाथको घर बालकुमारी मन्दिरनजिकै छ । उनैले शनिबार साँझ करिब पौने ६ बजे मन्दिर गई आरती गरेका थिए । आरती सकेर ताला लगाई घर फर्केका उनी आइतबार बिहान ४ बजे नै पूजा गर्न गएका थिए । तर, मन्दिर परिसरको अवस्था देखेपछि उनको मनमा चिसो पस्यो ।

किनकि, अघिल्लो दिन आफैँले लगाएका ताला त्यहाँ थिएनन् । उनी हतारहतार मूर्ति भएको ठाउँमा पुगे । तर, मूर्ति नदेखेपछि उनको होसहवास् नै उड्यो । उनी चिच्याए । उनको चिच्याहट सुनेपछि क्षणभरमै स्थानीय बासिन्दा जम्मा भए । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरे । प्रहरी आएपछि मात्रै उनीहरू बालकुमारी माई राखिएको मूर्ति भएको ठाउँमा गएका थिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : ४५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क