४ पुस २०८२, शुक्रबार | December 19, 2025

कलंकीमा मोदीको पुत्ला दहन, गो ब्याक इण्डियाको नारा लाग्यो



काठमाडौ । लिपुलेक-कालापानी-मानसरोबर मार्गका लागि नेपाली भुमि मिचेर भारतले सडक बनाएपछि नेपालमा बिरोध प्रदर्शनको सृङ्खला सुरु भएको छ । सत्तारुढ दलकै युवा बिद्यार्थी संगठन देखि बिभिन्न भ्रष्टाचार बिरोधी संस्थाहरु लकडाउनको उल्लंघन गर्दै प्रदर्शनमा उत्रेका हुन् ।

विवादीत रहेको सीमाको समस्या कुटनीति तवरबाट गर्ने समझदारी विपरित भारतले नेपालको भूमिमा मानसरोवरसम्म जाने सडक निर्माण गरेको हो । उक्त क्षेत्र भारतीय सीमाभित्रै पर्ने भारतको दाबी छ ।

लिपुलेकमा नेपाली भूमिमाथि भारतले कब्जा गरेको भन्दै आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । काठमाडौँको कलंकीमा जनता दरवार नामक भ्रष्टाचारविरोधी अभियानले मोदीको पुत्ला जलाएको हो । अभियानले जलाएको पुत्ला केही बेरमा प्रहरीले नियन्त्रणमा लिई आगो निभाएको थियो।

प्रदर्शनकारीले आफ्नो भूमि मिच्दा पनि केही थाहा नपाए झैं नेपाल सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका थिए ।प्रदर्शनमा नालायक सरकार मुर्दावाद, बरु लडी मर्ने छौ स्वाधीनताका निम्ति लान दिन्नौ कसैलाई माटो एक चिम्टि लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। प्रदर्शनक्रममा गो ब्याक इन्डियालगायतका प्लेकार्डहरु पनि बोकिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको