२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भाग्दै गरेका अर्काकी श्रीमती र अर्केका श्रीमान प्रहरी नियन्त्रणमा



बैतडी । बिबाहित महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति र बिबाहित पूरुषसँग भाग्दै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका(१ का ३२ वर्षीय मनोज धामी सहित एक महिला रहेका छन् । बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ ।

मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा लगाएको सिमार प्रहरी चौकीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बताए ।

आरोपित धामीलाई २७ वर्षीय एक महिलालाई भगाएर लैजाँदै गरेको अवस्थामा बिहीबार राती साढे ११ बजे सेला भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको थियो । धामीले भगाएर लैजाँदै गरेको महिलाका आफन्तले प्रहरीलाई सूचना दिएपछि सिमार प्रहरीले जिपमा सवार दुबैलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको भोलिपल्ट शुक्रबार बिहान महिला र पुरुषका आफन्तलाई बोलाएर जिल्लामा मुद्दा दर्ता गर्ने सहमतिसहित आफन्तको जिम्मा लगाइएको हो ।

महिलालाई भने उनका ससुराको जिम्मा लगाएको र पुरुष धामीलाई उनका भाइ नातापर्ने एक व्यक्तिको जिम्मा लगाएको प्रहरी सहायक निरीक्षक कार्कीले बताए । शनिबार बिदा भएकोले आइतबार मुद्दा दर्ता गर्नेगरी दुवैलाई आफन्तको जिम्मा लगाएको उनले बताए ।

महिला र पुरुष दुवैका दुई(दुई सन्तान रहेका छन् । महिलाका श्रीमान् विदेशमा छन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ९ : ०० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले