२० मंसिर २०८२, शनिबार | December 6, 2025

भैरहवा क्याम्पसको सात वर्षको आयव्यय खोज्दै आन्दोलनमा उत्रिए विद्यार्थी संगठन



भैरहवा । भैरहवा बहुमुखी क्याम्पसले वर्षभरिको शुल्क एकमुष्ट लिने गरी निर्णय गरेपछि विद्यार्थी संघसंगठन आन्दोलित बनेका छन् ।

क्याम्पसको कार्यसमितिको बैठकबाट कोभिड महामारीको बेलामा पनि क्याम्पस प्रमुख लगायत विभिन्न पदमा रहेकाको भत्ता बढाइएको, शैक्षिक वर्ष २०७८ मा नयाँ भर्ना हुने विद्यार्थीसँग एकमुष्ट रकम लिने निर्णय गरेको र क्याम्पस प्रमुख लगायत केही व्यक्तिको प्रयोगको निम्ति सवारीसाधन (कार) किन्ने खबर सार्वजनिक भएकाले आन्दोलनमा उत्रिनु परेकाे अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेले बताए ।

संयुक्त विद्यार्थी संगठनले विभिन्न पाँच बुँदे माग राख्द क्याम्पस प्रमुख अनिलकुमार झालाई ज्ञापनपत्र बुझाएका छन् । विगत सात वर्षका निर्णय र सात वर्षदेखिको आयव्ययको विवरण उपलब्ध गराउन समेत माग गरिएकाे छ ।

एलएलबी. संकाय क्याम्पसमा ल्याउन पहल गर्नुपर्ने, क्याम्पसको बाँकी भवन निर्माणका लागि टेण्डर आह्वान गर्नुपर्ने संयुक्त विद्यार्थी संगठनको माग छ ।

आन्दोलनमा नेकपा (एमाले) निकट अनेरास्ववियु, राप्रपा निकट विद्यार्थी संगठन, जनमत पार्टी निकट विद्यार्थी जनमत संघ छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतबार  ९ : ०१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय