१० चैत्र २०८२, मंगलबार | March 24, 2026

सीमासम्बन्धी वार्ता गर्न भारत ढिलाई गर्दैछ, हामी तत्काल वार्ता चाहन्छौं : परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । सरकारले भीआईपीको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा खटाउने भएको छ ।

सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भीआईपी सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई त्यहाँबाट हटाएर सीमामा खटाउने निर्णय भएको जानकारी दिनुभयो ।

सीमामा सुरक्षा संयन्त्र बढाउने योजनाअन्तर्गत नयाँ निर्णय गरिएको ज्ञवालीले जानकारी गराउनुभयो । उहाँले नेपाल अब कोरोना महामारीको बहानामा भारतसँग कुरा गर्न ढिलाई गर्ने पक्षमा नभएको स्पष्ट पार्नुभभयो । लिपुलेक क्षेत्रमा नेपालको भूमि मिचेर भारतले सडक बनाएका विषयमा सरकाले तत्काल भारतसँग कुरा गर्न चाहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यस विषयमा कोरोना महामारीको अन्त्यपछि मात्रै वार्ता गर्न आग्रह गरेको जानकारी गराउँदै परराष्ट्र मन्त्री ज्ञवालीले आफूहरू त्यसरी पर्खन नसक्ने प्रष्ट पार्नुभएको हो ।

‘अहिले हामीसँग दुई देशबीच वार्ताका लागि सचिवस्तरको संयन्त्र छ, यसैबाट समस्या समाधा भयो भने ठीकै छ,’ बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यदि यसबाट पनि भएन भने परराष्ट्रमन्त्रीस्तरको गरौं, त्योबाट भएन भने उच्च राजनीतिक तहको वार्ता गर्न पनि हामी तयार छौं।’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ५४ बजे

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।