१ पुस २०८२, मंगलबार | December 17, 2025

जेठ ५ गतेसम्म कपिलवस्तु जिल्ला सिल



कपिलवस्तु । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि जेठ ५ सम्म कपिलवस्तु जिल्लालाई सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सोमबार बसेको वैठकले आजै साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । लकडाउनकै बीचमा भारतबाट लुकिछपी आउने क्रम बढेको र क्वारेन्टाइनमै बसेकाहरुमा कोरोनाको संक्रमण देखिएपछि जिल्लालाई पूर्ण सिल गर्ने निर्णय गरिएको छ । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमितको संख्या बढ्न थालेपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो । कपिलवस्तुको नेपाल भारत सीमा नाकामा २१ सयभन्दा बढी नेपाली जम्मा भएका छन् । कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।

सुरक्षा समितिले पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरुलाई जिल्लामा नरोकिकन आवत जावत गर्न भने दिनेभएको छ । तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६९३० क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ४ : ३० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष