२२ भदौ २०८३, सोमबार | September 7, 2026

धरहरा पुननिर्माणमा ढिलाई, असारसम्म सम्पन्न गर्ने तयारी



काठमाडौं । धरहरा उद्घाटन भएको नौ महिना वितिसक्दा पनि धरहरा पुनर्निर्माणको काम अझै सम्पन्न भएको छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत बैशाख ११ गते तामझामका साथ धरहराको उद्घाटन गरेका थिए । तर, उद्घाटन गरेको नौ महिना विते पनि पुनर्निमाणको ३५ प्रतिशत काम अझै बाँकी रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का कामु आयोजना निर्देशक कोषनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार मुख्य धरहरा मात्रैको भने ९५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य धरहराको फिनिसिङको कामको साथै तलदेखि बार्दलीसम्म पुग्न भर्याङमा रेलिङ तथा एउटा लिफ्ट राख्ने काम बाँकी रहेको उनको भनाइ छ । तर वरिपरि निर्माण भएका अन्य भौतिक संरचनाको फिनिसिङ्को काम बाँकी नै रहेको छ । आयोजनाका कामु निर्देशक अधिकारीदले भने, ‘धरहरा मात्रैको त ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ तर त्यो सँगैका अधिकांशको स्ट्रक्चर उठाउने काम सकिएको छ, तर ल्याण्डस्केपिङको काम भएको छैन । इलेक्ट्रिक, इलेक्टोमेकानिकल, सेनिटरी सम्बन्धी काम बाँकी नै छ ।’ यस्तै भूमिगत पार्किङको भौतिक निर्माणको काम सकिए पनि फिनिसिङ बाँकी छ ।

अधिकारीका अनुसार भूमिगत पार्किङ्मा २४१ वटा साना सवारी र ७५८ वटा बाइक अट्ने छन् । निर्देशक अधिकारीका अनुसार ढलान गर्ने काम लगभग सकिए पनि प्लास्टर, विद्युतीकरण, रंगरोगन गर्ने, पर्खाल लगाउने काम बाँकी नै छ । म्युजियम छेउको दोस्रो चरणको ढलान गर्ने काम चलिरहेको छ । निर्माण व्यवसायीलाई आगामी चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहे पनि सो अवधिमा काम सम्पन्न गर्ने अवस्था नरहेको कामु निर्देशक अधिकारीको भनाइ छ । चैत्रमा पुनर्निर्माणको सबै काम सकिने अवस्था छैन । फास्ट ट्रयाकमा काम भए असारसम्म काम सकिन्छ कि भन्ने आशा छ,’उनले भने ।

सर्वसाधारणले कहिले चढ्न पाउँछन् धरहरा ?

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा निर्माण) कामु आयोजना निर्देशक कोषनाथ अधिकारीका अनुसार आगामी असार महिनामा निर्माण कार्य सम्पन्न गरेर काठमाडौं महानगरपालिकालाई हन्तान्तरण हुन्छ । त्यसपछि मात्र सर्वसाधारणले टिकट काटेर धरहरा चढ्न पाउने उनि बताउँछन । विसं २०७२ साल बैशाख १२ गते आएको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको काम वि स २०७५ साल सुरु भएको हो । हाल रमन कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।

पुरानो धरहरा कसरी संरक्षण गरिदै छ ?

२०७२ साल बैशाख १२ गते भूकम्पले भत्किएको पुरानो धरहरालाई घाम पानीले असर नपर्ने गरी केमिकलको प्रयोग गरिने भएको छ । यसअघि सिसाले छोप्ने भनिएपनि पछिल्लो समयमा आएर धेरैको सुझावका आधारमा केमिकल ट्रिटमेन्टबाट यथास्थितिमा राख्न सकिने भएकाले यो विधि प्रयोग गर्न लागिएको कामु आयोजना निर्देशक कोषनाथ अधिकारीको भनाइ छ । आजको गोरखापत्र दैनिकमा विष्णु पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : २१ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा