२९ मंसिर २०८२, सोमबार | December 16, 2025

राष्ट्र बैंकको २१ करोड मुद्दतीमा लगानी गर्न वित्तीय संस्थालाई दुई दिनको मात्रै म्याद बाँकी



काठमाडौं । नेपाल राष्ट्र बैकले बैंक तथा वित्तिय संस्थाको मुद्दती निक्षेपमा गर्ने भनिएको २१ करोड लगानीमा इच्छुक संस्थालाई बोलकबोल गर्ने २ दिनको समय मात्रै बाँकी रहेको छ ।

राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेका २१ करोड रुपैयाँ बाणिज्य, विकास र फाइनन्स कम्पनिलाई एक बर्षका अबका लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएअनुसार इच्छुक कम्पनिले २३ माघ भित्र बोलकबोल गरिसक्नु पर्नेछ ।

मासिक रुपमा भुक्तानी गर्नुपर्ने सर्तमा राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि १६ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकका लागि ३ करोड १५ लाख र ‘ग’ वर्गका वित्तीय कम्पनीलाई १ करोड ५ लाख रकम लगानी गर्ने छुट्याएको छ । जुन रकम आगमी ४ फागुनदेखि ४ फागुन २०७९ सम्मका लागि मात्रै कायम रहनेछ ।

न्यूनतम पुँजी कोष रहेको, निष्क्रिय कर्जाको कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, खुद तरल सम्पत्ति भएको हुनुपर्ने, दुई बर्ष पुरा भएको संस्थाले मात्रै सो रकम लिन सक्ने सर्त राष्ट्र बैंकले राखेको छ ।

राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनिले लिन आफुले लिन चाहेको रकम र उक्त रकममा प्रदान गर्न सक्ने ब्याजदरसमेत उल्लेख गरेर निवेदन दिन सक्नेछन्

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : ३३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको