१४ बैशाख २०८३, सोमबार | April 27, 2026

चीनको राजधानी बेइजिङमा शीतकालिन ओलम्पिकको भव्य उद्घाटन



बेइजिङ । चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिकको भव्य उद्घाटन समारोह भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ ।

२४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । राष्ट्रपति सी चिनफिङले २४औं ओलम्पिक खेल उत्सव सुरु भएको घोषणा गरेका छन् ।

चीनका राष्ट्राध्यक्ष सी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्ति समारोहमा सरीक भएका छन् । समारोहमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका नेता पनि उपस्थित छन् ।

मधुर बत्तीहरूको प्रकाशसँगै २४ सेकेण्ड गन्ती गरी भव्य सजावटसहितको उद्धघाटन समारोह सुरू गरिएको हो । चिनियाँ जनताले समयको बुझाइलाई झल्काउँदै यो समारोहको अन्तिम सेकेण्डको गणना गर्न प्रयोग गरिएको हो । सन् २०२२ को शीतकालीन ओलम्पिकको उद्घाटन र चिनियाँ पर्व ‘स्प्रिङ फेस्टिवलको सुरुवात’ संयोगवस एकै दिन परेको छ । वर्षको २४ सौर्यकाल मध्ये पहिलो अवधिलाई स्प्रिङ पर्वका रूपमा एक महिनासम्म मनाउने चिनियाँ चलन छ । शीतकालीन ओलम्पिक पनि यसै चिनियाँ फेस्टिबलको समय परेकोले चिनियाँहरूले यसलाई दोहोरो खुशीका रूपमा मनाउने बताएका छन् ।

चीनको राजधानी बेइजिङको बर्ड्स नेस्ट स्टेडियममा पाँचदेखि ७० वर्षभन्दा बढी उमेर समूहका नृतङ्गनाहरूले प्रदर्शन गरेका छन् ।

‘स्क्वायर डान्स’ साधारण चिनियाँ जनताको सिर्जना हो र यो समारोहमा निकै लोकप्रिय हुने मानिएको छ । ‘स्क्वायर डान्स’ ठूला वा साना सहरका सार्वजनिक चोकहरूमा मानिसहरू हर्षोल्लासका साथ गीत गाउन र नाच्न एकसाथ भेला हुनेगर्छन् । कोरियोग्राफ गरिएको यस प्रदर्शनले ओलम्पिक शीतकालीन खेललाई स्वागत गर्दा चिनियाँ जनताको भावना प्रकट हुने भएकाले यसलाई पनि समारोहमा समावेश गरिएको हो ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : २४ बजे

कांग्रेसका दुई महत्वपूर्ण समिति बैठक आज, अनुशासन र समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका कार्यसम्पादन समिति र केन्द्रीय अनुशासन समितिको

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आज

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ