२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

रुपन्देहीको तिलोत्तमामा समुदायस्तरको पहिलो स्केट पार्क बन्दै



बुटवल । रुपन्देहीको तिलोत्तमामा ‘इनडोर स्केट पार्क एंव रिर्सोर्स सेन्टर’ निर्माण शुरु भएको छ । स्केट एड नेपाल फाउण्डेशनले तिलोत्तमा नगरपालिका वडा न. ४ मा समुदाय स्तरमै पहिलो स्केट पार्क निर्माण शुरु गरेको हो ।

तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको करिव १० कठ्ठा क्षेत्रफलमा तीन महिनादेखि स्केट पार्क निर्माण शुरु भएको हो । फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गरि लुम्बिनी प्रदेश र नेपालमै स्केट पार्क निर्माण गरेर नयाँ खेलमा नयाँ पुस्तामा परिचत गराउने गरि निर्माण थालिएको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए । उनले नेपालमा भर्खर मात्र आरम्भ भएको तर यूरोप अमेरिका लगायतका देशबाट युवावर्गमा लोकप्रिय हुँदै गएको स्केट खेलको विकासका लागि स्केट पार्क कोशेढुंगा सावित हुने बताए । नेपालमै समुदाय स्तरमा पहिलो पटक विभिन्न खेल क्षेत्रका व्यक्तिहरुको सहयोगमा स्केट पार्क तिलोत्तमामा निर्माण थालिएको अध्यक्ष पहाडीले बताए ।

उनका अनुसार पहिलो चरणमा स्केट पार्क निर्माण गरिएको छ । दोस्रो र तेस्रो चरणमा पार्कलाई इन्डोर बनाउने गरि योजना बनेको अध्यक्ष पहाडीले बताए । स्केट पार्कको पहिलो चरणको ८० प्रतिशत काम पूरा हुँदा ४० लाख खर्च भएको उनले बताए ।

फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत र नेपालका स्केट क्षेत्रका करिव ६० जना व्यक्तिहरुले स्वयसेविक रुपमा निर्माणमा सहभागी उनले बताए । पार्क निर्माणका लागि स्थानीय सरकार तिलोत्तमा नगरपालिका, वडा कार्यालय र स्थानीयहरुको सहयोग अमूल्य रहेको बताउँदै बालबालिकाहरुलाई केन्द्रीत गरि प्रशिक्षणहरु निशुल्क रुपमा सञ्चालन गरिने उनले बताए ।

निर्माणधिन स्केटले खेलाडीहरुमा खुुशि ल्याउने स्केट एडका अन्र्तराष्ट्रिय निर्देशक एंव स्केट खेलाडी ग्याविरियल रोमा सन्तोषले बताए । उनले नेपालका लागि स्केट परिचित नभएको बताउँदै पार्कले नयाँ नयाँ खेलाडीलाई जन्माउने विश्वास लिए ।

नेपालमा स्केट खेलप्रती बालबालिकाहरुको बिशेष रुची रहेको खेलाडी तथा प्रशिक्षक समिक्षा राईको भनाई छ । उनले स्केटको अभ्यास गर्ने थलो नहुँदा पनि नेपालका खेलाडीहरुले अन्र्तराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरेको बताईन । स्केटका लागि व्यवस्थित मैदान बनेकाले स्केट खेलाडीहरुका लागि ठूूलो अवसर भएको खेलाडी विजय तामाङले बताए ।

सन २०२३ सम्म सम्पन्न गर्ने गरि शुरु गरिएको पार्क सम्पन्न हुँदा करिव साढे २ करोड लागत लाग्ने फाउण्डेशनले जनाएको छ । जर्मन कम्पनीको डिजाईनमा शुरु गरिएको पार्क सम्पन्न भएपछि समुदायतहबाटै खेलाडीहरु उत्पादन हुने आयोजकले अपेक्षा लिएका छन । पार्कमा प्रशिक्षण, तालिम एंव होस्टेल र कार्यक्रम हल, पुस्ताकालय समेत निर्माण गरि निशुल्क सेवा प्रदान गरिने अध्यक्ष पहाडीले बताए । पहिलो चरणको निर्माण सम्पन्न भएपछि आउदो फागुन २१ मा औपचारीक शुभारम्भ गर्ने आयोजकले जनाएको छ । एशियन प्रतियोगितामा समावेश रहेको यो खेलमा नेपालले विभिन्न प्रतियोगितामा भाग लिदै आएको छ । दक्षिण एसियामा नेपालको खेल उत्कृष्ट रहेको छ । नेपालमा काठमाडौ, धरान, पोखरा, बुटवलमा गरि २ सय बढि खेलाडी छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : ०१ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका