२० मंसिर २०८२, शनिबार | December 6, 2025

एसईई परीक्षाको तालिका सार्वजनिक



काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुनेभएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ ।

बोर्डको बुधबार बसेको बैठकले ९ गतेदेखि २० गतेसम्म हुने परीक्षा तालिका तय गरेको हो । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस्तै, वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने तालिका सार्वजनिक गरिएको छ ।

वैशाख ९ गते वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डले अनुमान गरेको छ ।

कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षदेखि एसईई परीक्षा दुईवर्ष प्रभावित बनेको थियो । विद्यालयहरुले पठाएको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले २०७६ र २०७७ को नतिजा प्रकाशित गरेको थियो ।

नियमित रुपमा एसईई हरेक वर्षको चैत महिनामा हुने गर्दथ्यो । यसवर्ष पनि विद्यालयको कक्षा प्रभावित भएका कारण त्यसलाई पूर्णता दिन एक महिना ढिलो बैशाखमा परीक्षा हुन लागेको हो । बोर्डले स्थानीय तह निर्वाचन अघि नै परीक्षा सक्ने योजनाका साथ बैशाख ९ को मिति तय गरेको छ ।

 

हेर्नुहोस् परीक्षा तालिका

 

 

 

 

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ८ : १८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय