२० श्रावण २०८३, बुधबार | August 5, 2026

नेपाली भुमी अतिक्रमण बिरुद्ध नेबिसंघले बुझायो ज्ञापनपत्र



बुटवल । नेपाली भुमी अतिक्रमण बिरुद्ध नेपाल विद्यार्थी संघले सोमबार बुटवलमा विरोध रयाली सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

पुष्पलाल पार्कबाट निस्किएको रयाली ईलाका प्रशासन कार्यालयमा पुगेर समापन भएको थियो । इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई पाच बुदे ज्ञापनपत्र बुझाएको हो ।

रयालीमा सहभागी विद्यार्थीहरुले अतिक्रमण भुमि फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद, भारतिय बिस्तारबाद मुर्दाबाद, नालयक सरकार मुर्दाबाद, नेबिसंघ जिन्दाबाद लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्तिराज पौडेलले ईलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रकाशचन्द्र अधिकारीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

निर्वाचनको बेला राष्ट्रियताका ठुला र खोक्रा नारा लगाउने सरकार अहिले सत्ता जोगाउन भारत सामु लम्पछार पर्ने प्रवृत्तिको घोर भत्सर्ना, लिपुलेक हाम्रो हो, भारत तुरुन्त त्यहाबाट फिर्ता हुनुपर्ने उहाले बताउनुभयो ।

ज्ञापनपत्रमा सरकारले उच्च स्तरीय कुटनीतिक पहल गर्ने तथा सबै खाले दबाब सृजना गरि तुरुन्त भारतलाई गल्ती सच्याउन बाध्य बनाउनुपर्छ, नेपाली भुमि हडप्ने गरी सन २०१५ मा बेजिङमा भारत र चीनले गरेको सहमति घोर आपत्तिजनक छ सो सहमति खारेज गर, लिपुलेक, लिपियाधुरा लगायत नेपाली भुमिमाथि भारतिय सरकारबाट भएको अतिक्रमणको बेला नेपाल सरकारबाट पहल हुनुपर्ने माग राखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : ४२ बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा