१ पुस २०८२, मंगलबार | December 17, 2025

प्रदेश नम्बर ५ का कोरोना अस्पताल भरिभराउ, बर्दियाकी संक्रमित बालिका अझै भर्ना हुन सकिनन्



बुटवल । बांके स्थित खजुरामा रहेको कोरोना अस्पतालमा बेड खालि नभएका कारण बर्दियाकी ११ बर्षिया संक्रमित बालिका अस्पताल भर्ना हुन पाएकि छैनन् । बांकेको सुशिल कोईराला क्यान्सर अस्पताल संक्रमितले भरिएपछि उनले अस्पताल भर्ना हुन नपाएकि हुन् ।

बांकेमा स्थान अभाव भएपछि उनलाई दाङको बेलझण्डी स्थित कोरोना अस्पतालमा पठाउने तयारी भएको छ । उपचारका लागि दाङ ल्याउने तयारी संगै दाङमा त्यसको बिरोध समेत सुरुभएको छ । अहिले सम्म कोरोना भाइरस नदेखिएको जिल्लाकारुपमा रहेको दाङमा कारोना संक्रमित ल्याउन नहुने भन्दै सामाजिक सञ्जालमा बिरोध भए पनि अस्पतालमा उपचार गर्न ल्याईए अस्पतालले सेवा दिन तयार रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताउनु भएको छ ।

अस्पताल नपाएपछि बर्दियाकी ११ वर्षीया बालिका २१ घन्टा बित्दा पनि अस्पताल जान पाएकिछैनन । दाङमा दुई अस्पतालमा १ सय भन्दा बढी आइसोलेसन बेड खाली रहेका छन् ।

यता रुपन्देहीको बुटवल स्थित धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा पनि बेड भरिएको छ । ३६ वटा बेड भएको अस्पतालमा २८ जना संक्रमितको उपचार भईरहेको छ । आज रुपन्देहीमा पुष्टी भएका ९ जना र कपिलवस्तुका ८ जना संक्रमित थपिंदा अस्पतालमा स्थान अभाव देखिने भएको छ । बुटवलमा स्थान अभाव भएको अवस्थामा भैरहवा स्थित भिम अस्पतालमा लैजान सकिने लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले बताउनुभयो ।
हरेक दिन संक्रमितको संख्या थपिंदै जांदा प्रदेश नम्बर ५ मा अस्पतालको संख्या थप्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  ४ : ०८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष