२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

एमसीसी बिरूद्धको नेपाल बन्द : बुटवलबाट नेकपाका जिल्ला सदस्य नविन थारुसहित ९ जना पक्राउ



बुटवल । बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा सहित ६ दलीय मोर्चाद्धारा आव्हान गरिएको नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना ९ जना कार्यकर्ता पक्राउ परेका हुन ।

थारु सहित, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो, बन्द गर्न आव्हान गर्दै हिडेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् । लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै सहरका मुख्य बजार बन्द छन् । विद्यालयले भने बुधबारका लागि मंगलबार नै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।

लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी रहने बताएका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलहरुले एमसिसी अनुमोदन गर्न तयारी थालेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ९ : ५५ बजे

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एमसिए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

फ्रान्सभर ओलम्पिक ज्वालाको यात्रा सुरु

फ्रान्स । स्वागत समारोहका लागि भव्य थ्रि-मास्ट जहाजमा आइपुगेको एक

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

काठमाडौं । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता