२२ माघ २०८२, बिहिबार | February 5, 2026

महाकाली नदीमा तुइन हटाइए, सीमापुल सञ्चालन नहुँदा आवतजावतमा समस्या



दार्चुला । भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलाको व्यास गाउँपालिका क्षेत्रमा महाकाली नदीमाथि लगाइएका तुइनहरु हटाएको छ । विगत तीन दिन देखि तुइन हटाएर तुइन लगाएको क्षेत्रमा एसएसबीले दैनिकरूपमा ड्युटी गर्न थालेको व्यास गाउँपालिका वडा नं ४ का स्थानीय एवं वडा सदस्य प्रेमसिह धामीले बताए ।

दार्चुला सदरमुकाम खलंगा बजार आवत जावत गर्न व्यासका स्थानीयले महाकाली नदीमाथि तुइन तरेर भारतीय सडकको प्रयोग गर्ने गरेका छन् । नेपालतर्फ राम्रो सडक नहुदाँ भारतीय बाटो प्रयोग गर्न स्थानियहरु बाध्य रहेको वडा सदस्य धामीले बताए ।

ुनेपालको बाटो भएर सदरमुकाम झर्न एक दिन हिँड्नुपर्छु उनले भने । तत्काल अस्पताल पुगाउनुपर्ने बिरामी देखि दैनिक उपभोग्य समान किनमेल गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्थाले पछिल्लो समय तुइन हटाइँदा समस्या भएको छ । मलघट्टेको पुल निर्माण सम्पन्न भएकाले जनताको सहजताका लागि सञ्चालनमा ल्याइनुपर्ने उनको भनाइ छ । केही व्यक्तिहरु गेट बन्द गरिएको पुलबाट हाम फालेर आवत जावत गरिरहेकाले यसले झन दुर्घटनाको जोखिम निम्त्याएको छ ।

एसएसबीले तुइन हटाएको विषयमा आफू जानकार नभएको सशस्त्र प्रहरी बल ४४ नम्बर गण दार्चुलाका गणपति एसपी त्रिभुवन विष्टले बताए ।

व्यास गाउँपालिकाको वडा नं ४ मलघट्टे र वडा नं ६ को बडुगाउँमा नेपाल भारत जोड्ने झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्य सकिँदा समेत पुलहरु सञ्चालनमा आएका छैनन् । वडुगाउँमा गत बर्ष पुल निर्माण सम्पन्न भएको थियो भने मलघट्टेमा अघिल्लो महिना पुल निर्माण सम्पन्न भएको छ ।

दार्चुलाको महाकाली नदीमा तुइन मुक्त कार्यक्रम अन्र्तगत चारवटा सीमापुल निर्माण भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । चारपुल मध्ये दुई पुल निर्माण सम्पन्न हुन बाकिँ छन् । पुलहरु प्याकेजमा सञ्चालन गरिने भएकाले निर्माण सम्पन्न भएपनि सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ । एक प्याकेजमा मालिकार्जुन गाउँपालिकाको बाकु पुल र बडुगाउँ पुल तथा अर्को प्याकेजमा व्यास गाउँपालिका २ मा निर्माण भइरहेको भारतको गस्कु र नेपालको माल जोड्ने पुल तथा मलघट्टे पुल रहेका छन् । एउटै प्याकेजमा रहेकापुलहरु निर्माण सम्पन्न भएपछि संगै सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई छ ।

बडुगाउँ पुल निर्माण सम्पन्न भएपनि बाकुँ पुल निर्माण सम्पन्न हुन बाकि छ । त्यसैगरि मलघट्टेको पुल निर्माण सम्पन्न भएपनि मालको पुल निर्माणधिन अवस्थामा रहेकाले सीमापुलहरु सञ्चालन हुन केहि समय पर्खिनुपर्ने अवस्था छ ।

एसएसबीले तुइन हटाएको विषयमा आफु जानकार नभएपनि तुईन हटाइनुपर्ने प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाइ छ । ‘तुइन जोखिम र असुरक्षित भएकाले हटाइनुपर्छ, तर हाल एसएसबीले तुइन हटाएको विषयमा जानकार छैन’ उनले भने ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १० : ०१ बजे

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो