१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पशुपति गौशालाको संयोजनमा असाहयलाई खाना खुवाउने क्रम जारी



काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले लगाएको लगाएको लकडाउन निरन्तर जारि छ । तर, लकडाउनकै कारण दैनिक खाना खानसमेत अप्ठेरोमा परेका व्यक्तिहरुलाई पशुपति गौशालाको व्यवस्थापनमा खाना खुवाईंदै आएको छ ।

खाना खुवाउने कार्यक्रमलाई हिन्दू स्वयम् सेवक सघं परिवारका सदस्यहरूले संयोजन गरेका छन् । बुधबार पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खाना खुवाइएको छ ।

बुधबार तीनकुने गैरीगाउँमा ४८६ जना , भक्तपुर जिल्लाको जडिबुटी मनोहरा सुकुम्बासी बस्तीमा १८०७ जना, सिफलमा १४० जना, काठमाण्डौ ओम् शान्ति चोकमा ७८७ जना गरी ३२२० जनालाई खाना खुवाइएको पशुपति गौशालाले जनाएको छ ।

लकडाउनको कारण घर जान नपाएकाहरुका परिवार, असाहय, गरिब परिवारहरुलाई पशुपति गौशालाले लकडाउनको तेस्रो दिनबाट खाना वितरणको व्यवस्थापन कार्य सुरु गरेको थियो । खाना वितरण कार्य लकडाउन अवधिभरि नै जारी रहने पनि जनाईएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ९ : ३८ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने