२० मंसिर २०८२, शनिबार | December 7, 2025

सहज छैन काठमाडौं छिर्न, सबै नाकामा कडा चेकजाँच सुरु



काठमाडौं । काठमाडौं उपत्यकामा पुनः कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेशमा कडाई सुरु गरिएको छ ।

बिहीबार बिहान थपिएका एक जनासहित पछिल्लो दुई दिनमा उपत्यकाभित्र चार जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित लकडाउनकै बीचमा बाहिरी जिल्लाबाट सवारी पास लिएर आएको खुलेपछि उपत्यका प्रवेशमा कडाई गर्न थालिएको हो ।

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास खारेज गरिसकेको छ ।

उपत्यका भित्रिने सबै नाकामा थप कडाइ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पहिला दिइएका सबै पास खारेज भैसकेको र अब पनि अत्यावश्यक पासालाई समेत कडा चेकजाँच गरेमा मात्र छिर्न दिइने प्रहरीले जनाएको छ ।

संक्रमित बढेसँगै नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सीमित कार्यालय मात्र खोल्न निर्देशन दिइसकेको छ । यस्तै, सरकारी कार्यालयमा समेत भीडभाड नहुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।

उपत्यकाभित्र काठमाडौंको चन्द्रागिरीमा दुई जना र भक्तपुरमा दुई जना संक्रमित देखिएका छन् । संक्रमित देखिएको भक्तपुरको दुवाकोट र मध्यपुर थिमी तथा काठमाडौंको चन्द्रगिरीलाई सिल गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  १० : ०४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल