२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

दोस्रो संस्करणको ग्लोबल मिडिया कप फुटसलको तयारी पुरा



बुटवल । ग्लोबल आवाजको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । मित्रता र संचार सम्बन्धका लागि खेल भन्ने नारासहित दोस्रो संस्करणको प्रतियोगिता फागुन २० गते शुक्रबार हुने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गरि ग्लोबल संचारगृहका प्रबन्धक निर्देशक गौतम भुषालले प्रतियोगिताको तयारि पूरा भएको बताए । प्रबन्ध निर्देशक भुषालले संचारकर्मीहरुलाई एकआपसमा मित्रता बढाउन र अनुसाशित बनाउन गरि खेलको माध्यमबाट जोड्न चाहेको बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनेछन भने उपविजेता टिमले १५ हजार नगद, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने संयोजक डिबि सुस्लिङले बताए । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ३ हजार ५ सय,कप, मेडल, प्रमाणपत्र तथा विद्यागत रुपमा सर्वाधिक गोलकर्ता, गोररक्षक,फरवार्ड एवं अनुसासित टिमलाई समेत पुरस्कृत गरिने उनले बताए ।

भलबारीस्थित सनराईज फुटसल एरिनामा हुने प्रतियोगिता सम्पन्न गर्न ४ लाख रुपैया खर्च हुने अनुमान आयोजकको छ । शुक्रबारसम्म एक दर्जन टिम दर्ता भैसकेको उनले बताए ।

कार्यक्रममा राससका पुर्व अध्यक्ष डा बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, रुपन्देही जिल्ला अध्यक्ष रामराज पोखरेल, हाईलाईफ प्रालिका प्रबन्ध निर्देशक पंकज ज्ञवाली लगायतले भावनात्मक एकता कायम गराउन प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

गतवर्ष देखि शुरु भएको प्रतियोगिताको पहिलो संस्करणको विजेता बुद्ध टेलिभिजन रहेको छ ।

प्रतियोगितालाई टेन स्टिल्सको मुख्य प्रायोजक, सहप्रायोजक हाईलाईफ, अफिसियल बैक साइन रेसुङ्गा, टेलिभिजन राज्य टिभि र न्युज पेपर बुटवलटुडे दैनिकले गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  २ : १० बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र