१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

गिद्धे प्रेस सङ्ग्रहालयको टहरोमा



काठमाडौं । नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय सङ्ग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अङ्ग खुस्किएका छन् । केही भाग सङ्ग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौँ भएकाले छरिएका भागलाई बोकेर टहरोसम्म लैजान कठिन बनेको छ ।

सङ्ग्रहालय प्रमुख जयराम श्रेष्ठले प्रेसका हरेक अङ्ग निकै गह्रौँ भएकाले सङ्ग्रहालयका जनशक्तिबाट जोड्ने प्रयास सम्भव नभएको बताउँदै भने, “त्यसलाई जोड्ने विधि पनि चाहिन्छ । जोड्न जान्ने मानिस पनि छैनन् । त्यसैले त्यत्तिकै थन्किएर रहेको छ ।”

वि।सं। १९०७ मा बेलायत भ्रमणबाट स्वदेश भित्रिएका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफूसाथ छापाखाना ल्याएका थिए । छापाखाना १९०८ सालमा नेपाल आइपुगेको थियो । त्यस प्रेसको सिरानमा गिद्धको आकृति भएकाले त्यसलाई ‘गिद्धे प्रेस’ भन्न थालियो ।

प्रधानमन्त्री जङ्गबहादुरकै पालामा गिद्धे प्रेसले मुलुकी ऐन पनि छापेको थियो । गिद्धे प्रेसलाई सुरुमा थापाथली दरबारमा जडान गरिएको थियो । आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  ७ : ३२ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको