१४ बैशाख २०८३, सोमबार | April 28, 2026

संसद भवन अगाडि राखिएको शंकास्पद प्रेसर कुकर सेनाद्वारा डिस्पोज



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मूल सडकमा राखिएको शंकास्पद प्रेसर कुकरलाई निस्क्रिय बनाइएकोछ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले नो एमसीसी लेखिएको शंकास्पद प्रेसर कुकरलाई डिस्पोज गरेको हो । एमसीसीको विरोधमा नेत्रविक्रम चन्दको नेकपासहित साना वामपन्थी दलहरुले आज नेपाल बन्द आह्वान गरेका छन् ।

बन्दलाई सफल पार्ने नाममा आम सर्वसाधारणलाई आतंकित पार्ने गरी मूल सडकमा बम राखिएको थाहा पाउने वित्तिकै प्रहरी र शसस्त्र प्रहरीले वरिपरिको क्षेत्रलाई सिल गरेको थियो । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर सो प्रेसर कुकरलाई निस्क्रिय बनाएको हो ।

शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले जानकारी दिए । उनका अनुसार कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ थिएन ।

‘कुकरमा शंका गर्नुपर्ने बस्तु र विस्फोटक पदार्थ पनि थिएन,’ उनले भने, ‘त्यसभित्र कागज र इँटाकोे टुक्रामात्र थियो ।’

मोटरसाइकलमा आएका व्यक्तिले शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटीभी फुटेजका आधारमा उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १ : ०६ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११