२० मंसिर २०८२, शनिबार | December 6, 2025

धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण



बाग्लुङ । बाग्लुङ नगरपालिकाले धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण गरेको छ ।

नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी कुल १४ लाख २० हजार रुपैयाँ कर छुटसहित शवबहान खरिद गरी हस्तान्तरण गरेको हो । अस्पतालमा यसअघि शवबहान नहुँदा एम्बुलेन्सले शव बोक्दै आएको थियो ।

कोरोनाको संकटकालिन अवस्थामा बाग्लुङ नगरपालिकाले निजी सवारीसधान भाडामा लिएर अस्थायी शवबहानको रुपमा प्रयोग गर्न अस्पताललाई उपलब्ध गराएको थियो । जिल्लाका कुनै पनि स्थानीय तह र सरकारी अस्पतालमा शवबहान नभएपछि नगरपालिकाले खरिद गरेको बाग्लुङ नगरपालिकका प्रमुख जनकराज पौडेलले बताए ।

निजी सवारीसाधानले शव बोक्न नमान्ने र बाध्य भएर बोक्नु पर्ने भए बढी शुल्न लिने गरेको गुनासो बढेपछि नगरपालिकाले स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर शवबहान खरिद गरेको मेयर पौडेलको भनाइ छ । शवबहान सञ्चालन र व्यवस्थापनका लागि अस्पताललाई हस्तान्तरण गरेको हो ।

‘अब एम्बुलेन्सले शव बोक्नु पर्ने बाध्यता हटेको छ,’ अस्पतालका प्रमुख डा। सैलेन्द्र विक पोखरेलले भने, ‘सेवाग्राहीले महंगो भाडा तिरेर निजी सवारीको प्रयोग पनि गर्नुपर्ने छैन ।’ नगरपालिका र अस्पतालले संयुक्त कार्यविधि बनाएर शवबहान सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ५७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय