१४ असार २०८३, आइतबार | June 28, 2026

राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणका लागि २५ खेलाडी



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताईरीले थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

नेपालले थाइल्यान्डसँग १० चैतमा एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र १३ चैतमा स्थानीय टोली चोनबुरी एफसीसँग खेल्ने तालिका छ । दुबै खेल थाइल्यान्डको चोनबुरीमा हुनेछ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यसअघि नेपालले घरेलु मैदानमा मोरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जसको दुबै खेलमा नेपालले पहिलो आधिकारिक अफ्रिकी पाहुना टोलीविरुद्ध १–० को जित निकालेको थियो ।

एएफसी एसियन कप छनोटको ‘ड्र’ सार्वजनिक भइसकेको छ । छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।

 

नेपाली टोली

किरण चेम्जोङ ९कप्तान०, टिकेन्द्र थापा, दिप कार्की, आशिष लामा, आयुश घलान, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङ, नितीन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, तेज तामाङ, सुबास गुरुङ, रोहित चन्द र जगजित श्रेष्ठ

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : ३३ बजे

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा

कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा, दुवै टोली नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को अन्तिम

बेलिङघम र केन चम्किँदा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौं । जुड बेलिङघम र कप्तान ह्यारी केनको गोलमा इंग्ल्यान्डले

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा

काठमाडौं । निकोला भ्लासिचको खेलको उत्तरार्धमा गरेको निर्णायक गोलको मद्दतले

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,