२९ भदौ २०८३, सोमबार | September 14, 2026

सूर्य नेपाल एनपीजीए खेलमा भुवन विजयी



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि भुवन नगरकोटीले जितेका छन् ।

३६ होलमा खेलिएको फाइनलमा शीर्ष स्थानको भुवनले चौथो वरियताका सञ्जय लामालाई ३ र २ ले हराएका थिए । सञ्जयले ९ होल पछि २–अप गरेका थिए भने भुवनले १८ होल पछि एकमा घाटा घटाए ।

भुवनले २७ होलपछि पहिलो पटक १–१ को अग्रता लिएका थिए भने ३० होलपछि तीनको अग्रता बढाए । दुबै गल्फरले अर्को चार होल सेयर गरे र भुवनले दुई होल बाँकी रहँदा विजय पूरा गरे ।

भुवनले आफ्नो करियरको आठौं र सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनमा पहिलो उपाधि जितेका थिए । ट्रफीसँगै भुवनले ५० हजार रुपैयाँ प्राप्त गरे । उपविजेता सञ्जयले ३० हजार रुपैयाँ हात पारे । पाँचौं वरियताका धनबहादुर थापाले तेस्रो स्थानका विकास अधिकारीलाई फाइनल होल (टु–अप) मा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका छन् । धनले २२ हजार र विकासले १८ हजार प्राप्त गरे ।

क्वार्टरफाइनलमा पराजित भएका चार जना दिनेश प्रजापति, रामे मगर, जयराम श्रेष्ठ र दीपक मगरले जनही १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी पहिलो राउण्डमा हारेका आठ खेलाडी सचिनप्रसाद भट्टराई, सूर्यप्रसाद शर्मा, बल भद्र राई, भुवनकुमार रोक्का, कृष्णमान राजबाहक, रवि खड्का र शिवकुमार माझीले ५–५ हजार रुपैयाँ प्राप्त गरे ।

अर्डर अफ मेरिट अफ सूर्य नेपाल गल्फ टुर २०१८–१९ सिजनका शीर्ष १६ व्यावसायिक गल्फरहरू प्रतियोगितामा सहभागी हुन योग्य थिए । दोस्रो वरियताका शिवराम श्रेष्ठ र १४औं वरियताका दीपक आचार्यले प्रतियोगितामा भाग लिएनन् र एनपीजीएले १७औं वरियताका शिवकुमार माझी र १८औं वरियताका सचिन भट्टराईलाई ड्रमा स्थान बनाउन अनुमति दिइएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दिप्रा लाहिरी र आरएनजीसीका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएले आयोजना गरेको प्रतियोगितामा रु दुई लाख नगद रहेको थियो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : २० बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा