२० मंसिर २०८२, शनिबार | December 7, 2025

सूर्य नेपाल एनपीजीए खेलमा भुवन विजयी



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लबमा बिहीबार भएको चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि भुवन नगरकोटीले जितेका छन् ।

३६ होलमा खेलिएको फाइनलमा शीर्ष स्थानको भुवनले चौथो वरियताका सञ्जय लामालाई ३ र २ ले हराएका थिए । सञ्जयले ९ होल पछि २–अप गरेका थिए भने भुवनले १८ होल पछि एकमा घाटा घटाए ।

भुवनले २७ होलपछि पहिलो पटक १–१ को अग्रता लिएका थिए भने ३० होलपछि तीनको अग्रता बढाए । दुबै गल्फरले अर्को चार होल सेयर गरे र भुवनले दुई होल बाँकी रहँदा विजय पूरा गरे ।

भुवनले आफ्नो करियरको आठौं र सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनमा पहिलो उपाधि जितेका थिए । ट्रफीसँगै भुवनले ५० हजार रुपैयाँ प्राप्त गरे । उपविजेता सञ्जयले ३० हजार रुपैयाँ हात पारे । पाँचौं वरियताका धनबहादुर थापाले तेस्रो स्थानका विकास अधिकारीलाई फाइनल होल (टु–अप) मा पराजित गर्दै तेस्रो स्थान हासिल गरेका छन् । धनले २२ हजार र विकासले १८ हजार प्राप्त गरे ।

क्वार्टरफाइनलमा पराजित भएका चार जना दिनेश प्रजापति, रामे मगर, जयराम श्रेष्ठ र दीपक मगरले जनही १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरी पहिलो राउण्डमा हारेका आठ खेलाडी सचिनप्रसाद भट्टराई, सूर्यप्रसाद शर्मा, बल भद्र राई, भुवनकुमार रोक्का, कृष्णमान राजबाहक, रवि खड्का र शिवकुमार माझीले ५–५ हजार रुपैयाँ प्राप्त गरे ।

अर्डर अफ मेरिट अफ सूर्य नेपाल गल्फ टुर २०१८–१९ सिजनका शीर्ष १६ व्यावसायिक गल्फरहरू प्रतियोगितामा सहभागी हुन योग्य थिए । दोस्रो वरियताका शिवराम श्रेष्ठ र १४औं वरियताका दीपक आचार्यले प्रतियोगितामा भाग लिएनन् र एनपीजीएले १७औं वरियताका शिवकुमार माझी र १८औं वरियताका सचिन भट्टराईलाई ड्रमा स्थान बनाउन अनुमति दिइएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दिप्रा लाहिरी र आरएनजीसीका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । सूर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल पीजीएले आयोजना गरेको प्रतियोगितामा रु दुई लाख नगद रहेको थियो ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ८ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल