८ बैशाख २०८३, मंगलबार | April 21, 2026

जडीबुटी खोज्दै सिंहदरबार वैद्यखाना



काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि आयुर्वेदिक औषधि उत्पादनमा गम्भीर गृहकार्य नगरेको एक मात्र सरकारी निकाय सिंहदरबार वैद्यखाना आर्थिक वर्षको अन्त्यतिर जडीबुटीको खोजीमा लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले आयुर्वेदिक औषधि उत्पादनलाई उच्च प्राथमिकतासाथ अघि बढाउन निर्देशन दिएपछि वैद्यखाना औषधि उत्पादन बढाउने गरी तयारीमा जुटेको छ ।

कोभिड प्रकोप सुरु भएपछि आयुर्वेदिक औषधि उत्पादन वृद्धि गरी नागरिकलाई सेवा दिएर मुनाफा आर्जन गर्ने अवस्थामा पनि सुस्ताएको वैद्यखानामा चालू आवको आठ महिनामा उत्पादन गर्ने सूचीमा रहेका दुई सयमध्ये ३५ वटा औषधि उत्पादनमै सीमित भएको छ । वैद्यखानाका निमित्त कार्यकारी निर्देशक डा. सबरी साहले जडीबुटीको जोहो गरेर चाँडै उत्पादन थप गर्ने बताए । उनका अनुसार औषधि उत्पादन बढाउने लक्ष्यसाथ बोलपत्र आह्वानको प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ तर औषधि खरिद गर्न बोलपत्र खुलाउने विषय अझै निष्कर्षमा पुगेको छैन ।

डा। साहका अनुसार गत आव २०७७/७८ मा औषधि उत्पादन क्षमताअनुसार बोलपत्र आह्वान हुन सकेन । आव २०७६/७७ देखि वैद्यखाना धराशायी भएको बताउँदै उनले दुई पटक गरेर करिब ३० लाख रुपियाँ र करिब एक करोड रुपियाँको बोलपत्र आह्वान भएको बताए । उनले भने, “सानो टेन्डरको सबै जडीबुटी आयो । करिब एक करोड रुपियाँको बोलपत्रमा २० लाख रुपियाँ पेस्की दिएर ठेकेदारले ५० लाख जतिको मात्रै जडीबुटी दिएको थियो । त्यसले आवश्यकता र क्षमताअनुसार उत्पादन वृद्धि गर्न सकिएन ।” आव २०७७/७८ मा वैद्यखानाका लागि नेपाल सरकारको बजेटले गुरुयोजनासहितका काम गर्ने तय भएको थियो तर काम भएन ।

२०७७ चैत ३१ गते वैद्यखानाको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा आए पनि २०७८ वैशाख २ गतेदेखि काम सुरु गरेको तर वैशाख १६ मा लकडाउन सुरु भएपछि असारसम्म काम गर्न नपाएको उनको दाबी छ ।

वैद्यखानाका लागि बजेट पारित गर्न ढिलाइ हुँदा आयुर्वेदिक औषधि उत्पादनमा ढिलाइ भएको बताउँदै उनले भने, “म असारमै बजेट पारित गर्ने प्रयासमा लागेँ तर भएन । त्यसपछि साउन १८ गते लागेँ । परिस्कृत गरेर ल्याउन भनियो । त्यसपछि भदौ १३ गते पनि बजेट पारित नभएपछि कर्मचारीको पारिश्रमिकको माग गरेँ । त्यसपछि मेरो सरुवा भयो । काम गर्नै पाइनँ ।”

तर, पुनः निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा आफू फर्किएपछि औषधि उत्पादनका लागि पहल सुरु गरेको डा। साहले बताए । उनले भने, “च्यवनप्राश तीन हजार किलोग्रामबाट बढाएर १३ हजार किलो बनाइएको छ । शिलाजित खरिदका लागि टेन्डरमा जाँदै छौँ । अन्य जडीबुटी खरिद गरेर औषधि उत्पादन बढाउने योजनामा छौँ ।”

उनले अहिले उत्पादन भइरहेका ३५ प्रकारका औषधिलाई कायम राखेर थप ३० प्रकारका औषधि उत्पादन गर्ने बताए । उनले फागुन मसान्तसम्ममा बोलपत्र आह्वान गर्दा वैशाख पहिलो सातासम्ममा बोलपत्र हाल्ने र १५ दिनभित्र सम्झौता गरेर जेठबाट उत्पादन गर्ने प्रयासमा आफू रहेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले सिंहदरबार वैद्यखाना विकास समितिलाई निर्देशन दिइएको बताए उनले विस्तृत योजना बनाएर काम अघि बढाउन मन्त्रालयले सचेत गराएको बताए । आजको गोरखापत्र दैनिकमा अशोक अधिकारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : २१ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई