१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

हल्दियामा रोकियो २ लाख टन कोइला



काठमाडौं । समुद्रपारबाट आउने कोइलाको ढुवानी अवरुद्ध भएको छ । भारतीय रेलवेले रेक नदिएपछि हल्दिया बन्दरगाहमा आइपुगेको करीब २ लाख मेट्रिकटन कोइला रोकिएको हो ।

रेलवेले रेक नदिएपछि वीरगञ्जका व्यवसायीले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई गुहारेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले महावाणिज्य दूतावासलाई पत्र लेखेका हुन् ।

उद्योगीले कोइला रोकिएकोबारे जानकारी गराएलगत्तै भारतीय रेलवेलाई आवश्यक संख्यामा रेक उपलब्ध गराउन पत्राचार गरिसकेको महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए ।

विगत १२ दिनदेखि रेलवेले हल्दिया बन्दरगाहमा रेक नदिएको कोइला आयातकर्तासमेत रहेका राजपालले जानकारी दिए । भारतमा विद्युत् उत्पादन गृहमा कोइला आपूर्तिको चाप बढेकाले नेपालका लागि रेक नदिएको भनाइ राजपालको छ । आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ०४ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको