१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

खेल विकासमा नीतिगत बाधा



बुटवल । प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रदेश सदस्य सचिव जयप्रकाश भट्टराईले खेल विकासमा नीतिगत समस्या देखिएको गुनासो गरेका छन ।

देश संघियतामा गएपनि ब्यवहारमा लागु हुन नसक्दा खेल क्षेत्र पछि परेको उनको गुनासो छ । बुटवलमा आईतबार प्रदेश भलिबल खेलाडी छनौट कार्यक्रममा बोल्दै उनले नीतिगत रुपमा नै संघिय सरकारले खेल क्षेत्रको विकासमा पारदर्शी रुपमा निर्देशन गर्नुपर्ने सुझाव दिए ।

धेरै प्रशिक्षकहरु संघिय सरकार अन्तरगत रहदा प्रदेश र स्थानिय खेलकुद गतिविधि गर्न कठिनाई भएको उनले आरोप लगाए । ‘कार्यविधि, कानुन, नियमावली अहिलेको खेल विकासको बाधक हो ।’- उनले भने । खेल क्षेत्रमा संस्थागत विकास र नितिगत योजनाको कमि देखिएको उनले दुखेसो गरे । खेलकुद विकासमा बजेटमात्र महत्वपूर्ण पाटो नभएको भन्दै सरोकारवालाहरुको भुमिका र आत्मविश्वासको खाचो उनले औलाए ।

अन्तराष्ट्रिय मन्चमा नेपालको गौरव बढाउने ओझेलमा परेको खेल क्षेत्रको विकासमा आफुहरु लागेको उनको दाबी छ । लुम्बिनी प्रदेश खेल पर्यटनको सम्भावना बोकेको प्रदेश भएको भन्दै उनले यसलाई प्राथमिकतामा राखेर गुरुयोजना तयारीमा लागेको दाबी गरे । लुम्बिनी प्रदेश खेलकुदमा उर्वरभुमि भएको दाबी गर्दै दिगो विकासको योजना अनुसार कार्ययोजना अघि बढाउने तयारीमा लागेको बताए ।

कार्यक्रममा कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले खेल र पेशालाई एकआपसमा साजस्यता गर्न सके सफलता मिल्ने बताए । राष्ट्रका गहना खेलाडीहरुप्रति सरकारको सहि ढंगबाट लगानी नभएको गुनासो गरे । देशको राजनितिको कारण खेलकुदलाई निर्देश गर्ने संस्था लामोसमयसम्म नेतृत्व विहिन हुदा खेल र खेलाडीको भविष्य अन्यौलता भैरहेको बेला सहि समयमा सबै खेल क्षेत्रका ब्यक्ति समेटेर समिति गठन भएको दाबि उनको छ । समितिबाट दीर्घकालिन कार्ययोजना बनाएर खेल विकास गर्नेमा आशाबादी रहेको बताए ।

विद्यालयस्तरमा युवा खेलाडीहरुलाई उत्पादन गर्न सकिने सम्भावनालाई मध्येनजर गरि आवासिय सुविधा अघि बढाएको भन्दै यसमा ३ तहकै सरकारको सहयोग जरुरी रहेको बताए । कार्यक्रममा प्रदेश सदस्य राजकुमार पाण्डे, रुपन्देही जिल्ला खेलकुद परिषदका कार्यवाहक कार्यालय प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामना दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : २९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट