१४ असार २०८३, आइतबार | June 28, 2026

बुटवलमा भोलीदेखी तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने



बुटवल । बुटवल उपमहानगरपालिकामा भोलीदेखी तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

नगर खेलकुद विकास समितिको आयोजनामा भोलीदेखी ४ गतेसम्म एन्फा टेक्निकल एकेडेमी देविनगरमा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता २०७८ हुने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी पूरा भएको समितिका अध्यक्ष नन्दु काउचाले बताए ।

एथलेटिक्सतर्फ १००, २००, ८०० मिटर, १५०० मिटर दौडहरु, ४ बाई १०० मिटर रिले हिट, ३ हजार मिटर दौड समेत गरिने छ । कबड्डी, शटफुट, लंगजम्प, त्रिपल जम्प, ज्वाप्लिङ थ्रो लगायतका खेलहरु खेलाईने छन ।

यसैगरि विभिन्न तौल समुहमा कराते, तेक्वान्दो खेलहरु कालिका कराते एकेडेमीमा हुने छन । यसैगरि छात्रछात्रा भलिबल प्रतियोगिता समेत हुने छ । प्रतियोगितामा नगरका १७ सामुदायिक र २० निजि विद्यालयका खेलाडीहरुले ४२ वटा खेलमा भाग लिनेछन ।

करीब ५ हजार विद्यार्थीहरुसहित खेल प्रशक्षिकहरुको सहभागी हुने प्रतियोगितामा खेल महाकुम्भका रुपमा रहने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न साढे १४ लाख बराबर खर्च अनुमान रहेको उनले बताए ।

यसैगरि उद्घाटन कार्यक्रम अन्तरगत ६ सय जना विद्यार्थीहरुले स्वागत तथा ५ सय २५ जनाले पिटि प्रदर्शन तथा साढे ३ सय बढिले बहुसास्कृतिक नृत्य प्रदर्शन गर्ने छन । जसमा मारुनी, कौडा, थारु ,झ्याउने, खुकुरी नाच लगायत प्रदर्शन गरिने समितिका सदस्य प्रेम बस्नेतले बताए ।

कार्यक्रममा सदस्य मणिरत्न भण्डारीले नगरमा योजनाबद्ध खेल विकासमा आफुहरु लागेको दाबी गरे । गतवर्ष कालिमा मानवज्ञान उपाधि चुमेको थियो भने नवीन उपविजेता रहेको थियो ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ४५ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली