१६ माघ २०८२, शुक्रबार | January 30, 2026

‘मिस्टर नेपाल’को छनोट सुरु, अडिसन १२ चैतसम्म चल्ने



काठमाडौं । नेक्स्ट मोडल्स नेपालले पुरुषको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेपाल २०२२’ को छनोट सुरु गरेको छ । नेक्स्ट मोडल्स नेपालले गत शनिबारबाट प्रतियोगी छनोटको प्रारम्भिक अडिसन सुरु गरेको हो । अडिसन १२ चैतसम्म चल्ने आयोजकले जनाएको छ ।

अहिलेसम्म प्रतियोगितामा एकसय बढीले अडिसन दिएका छन् । तीमध्येबाट केही प्रतियोगी छानिएका छन् । अडिसनबाट छानिएका सबै प्रतियोगी चैत १२ गतेको अन्तिम अडिसनपछि सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए ।

‘मिष्टर नेपाल’ पुरुष सहभागी हुने नेपालकै प्रतिष्ठित र ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिता यस वर्षबाट नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाले प्रतियोगिताका लागि चैत १२ गतेसम्म सहभागीता जनाउन सक्नेछन् । विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इञ्च माथि उचाईँ भएका नेपाली नागरिकले मात्र प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान आयोजकको रहेको छ ।

सिइओ धमलाले यो वर्षबाट स्थानीय सौन्दर्य प्रतियोगिताका विजेताले समेत सहभागी हुने अवसर पाउने बताए । ‘प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफु लागिपरेको छु’ धमलाले भने ‘यो वर्ष मिस्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगिताभन्दा भव्य हुनेछ ।’

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ मा सहभागिताको अवसरको अलवा ५ लाख नगदसहित विभिन्न ब्राण्डको ब्राण्ड एम्बेसर, फेस अफ ब्राण्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्म अभिनय अवसर प्राप्त गर्नेछन् । अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्यलगायतले प्रशिक्षण दिने कार्यक्रमको कोरियोग्रफर प्रशान्त ताम्राकार रहेका छन् ।

प्रतियोगीताको छनौट चरणको अडिसनको निर्णायकमा प्रशान्त ताम्राकार, माल्भिका सुब्बा, रोजिन शाक्य, रवि धमला,र मिष्टर नेपाल विजेता डा. सन्तोष उपाध्याय रहेका छन् ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीताको अन्तिम स्पर्धा आगामि बैशाखको दोस्रो साता हुनेछ ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ५७ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य