१६ बैशाख २०८१, आइतबार | April 29, 2024

पपुवा न्यूगिनी विरुद्ध नेपालको संघषपूर्ण जित



काठमाडौं । रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतकप्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण खेलमा २ विकेटको जित निकालेको छ ।

सारजाह क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले पीएनजीलाई निर्धारित ५० ओभरमा २०४ मा रोकेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले २०५ रनको लक्ष्य ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो ।

खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाए । यस्तै करण केसीले अविजित रहँदै २९ रनको योगदान गरे ।

पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २र२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गर्‍यो ।

पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडेका थिए ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए । नेपालले ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ । अंक विहीन पीएनजी १४ खेल खेल्दै पुछारमा छ ।

शृंखलाको दोस्रो खेल नेपालले मार्च १८ मा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल मार्च २१ मा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल मार्च २२ मा पिएजनीविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : १६ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क