१४ असार २०८३, आइतबार | June 28, 2026

पपुवा न्यूगिनी विरुद्ध नेपालको संघषपूर्ण जित



काठमाडौं । रोहितकुमार पौडेल र आरिफ शेखको अर्धशतकप्रेरित नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण खेलमा २ विकेटको जित निकालेको छ ।

सारजाह क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले पीएनजीलाई निर्धारित ५० ओभरमा २०४ मा रोकेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको नेपालले २०५ रनको लक्ष्य ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो ।

खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाए । यस्तै करण केसीले अविजित रहँदै २९ रनको योगदान गरे ।

पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २र२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गर्‍यो ।

पिएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडेका थिए ।

नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए । नेपालले ९ खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ । अंक विहीन पीएनजी १४ खेल खेल्दै पुछारमा छ ।

शृंखलाको दोस्रो खेल नेपालले मार्च १८ मा युएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल मार्च २१ मा युएईविरुद्ध नै हुनेछ र शृंखलाको अन्तिम खेल मार्च २२ मा पिएजनीविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : १६ बजे

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा