६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

दाङ तुलसीपुरका कोरोना संक्रमित काठमाडौंकै एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी



काठमाडौं । दाङ तुलसीपुर ठेगाना भएका कोरोना संक्रमित व्यक्ति काठमाडौंको एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ।

तुलसीपुर वडा नम्बर ७ घर भएका ती व्यक्ति हाल काठमाडौंकै एक अस्पतालमा कार्यरत तुलसीपुर उपहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आधिकारिक फेसबुक पेजमा नगरप्रमुख पाण्डेले लेख्नुभएको छ, ‘तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का कारोना देखिएका भनिएका व्यक्ति काठमाडौंको एक हस्पिटलमा कार्यरत र काठमाडौंमै रहेको जानकारी गराइन्छ।’

मेयर पाण्डेले ती व्यक्तिलाई काठमाडौंकै गणना गर्नुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार राति निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : २७ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको