२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देही सुपर लिगमा वेष्टर्नको जित



भैरहवा । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बिहीबारको खेलमा वेस्टर्न क्रिकेट क्लबले शंकरनगर क्रिकेट क्लबलाई १ सय १३ रनले पराजित गर्दै जीत निकालेको छ ।

टस जितेर ब्याटिङ गरेको वेस्टर्नले निर्धारित ५० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनायो ।

उसका लागि विक्रम भुसालले ६५, नरेन साउदले ४९, अनिल खरेलले ४१ र राहुल कुमारले ३५ रनको योगदान गरे । बलिङमा शंकरनगरका विशाल विक्रम केसीले ४ र ओम सारु मगरले २ विकेट लिए ।

प्रतिउत्तरमा शंकरनगरले २८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५० रन मात्रै बनायो । उसका लागि ओम सारु मगरले ४६, जगत क्षेत्रीले नटआउट २० र विष्णु पाण्डेले १९ रन जोडे ।

बलिङमा वेस्टर्नका अनिल खरेलले ७ ओभरमा २ मेर्डन राख्दै १९ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै विक्रम भुसालले ३ र प्रतिश जिसीले २ विकेट लिए । अनिल खरेल म्यान अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिए ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ६ : ३९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल