२ पुस २०८२, बुधबार | December 17, 2025

स्थानीय चुनाव : निर्वाचन आचारसंहिताप्रति रुपन्देहीका जनप्रतिनिधिको मिश्रित प्रतिक्रिया



बुटवल । स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले बनाएको आचारसंहिताप्रति स्थानीय तहका जनप्रतिनिधिले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले यो मापदण्ड कानुनविपरीत रहेको बताएका छन् भने केही जनप्रतिनिधिले यो सही भएको बताएका छन् ।

आचारसंहिताको यो मापदण्डलाई सच्याउन केही जनप्रतिनिधिले माग गरेका छन् ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन लड्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको थियो । आयोगले यस्तो मापदण्ड बनाएपछि प्रतिक्रिया दिंदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यस्तो मापदण्ड बनाउने हो भने संघीय र प्रदेश निर्वाचनमा पनि लागू गर्नुपर्ने बताए । ‘तीन तहको निर्वाचनमा विभेदकारी मापदण्ड हुनुहुँदैन, यसलाई सच्याउनुपर्छ’, उनले भने।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले भने यो मापदण्ड सही रहेको प्रतिक्रिया दिए । ‘यसले पदमा रहेर मतदातालाई प्रभावित पार्न सक्ने प्रवृत्ति रोक्छ, त्यसैले आचारसंहिताको यो मापदण्ड सही छ’, उनले भने ।

सिद्धार्थ नगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले भने निर्वाचन आयोगले बनाएको आचारसंहिता कानुनसँग बाझिएको बताए । कानुनले जनप्रतिनिधिविहीन स्थानीय तह परिकल्पना नगरेकाले आचारसंहिता कानुनविपरीत रहेको अधिकारीको भनाइ छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले भने आचारसंहिता आयोगले आफ्नो विवेकसम्मत ढंगले बनाएकाले टिप्पणी गर्नुको अर्थ नरहेको बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १२ : ०० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन