१६ माघ २०८२, शुक्रबार | January 30, 2026

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव हुने



पोखरा । होटल संघ पोखरा नेपालले १७औँ फेवा नव वर्ष महोत्सव गर्ने भएको छ । ३० चैतदेखि १ वैशाखसम्म महोत्सव गर्न लागिएको हो ।

महोत्सवको तयारी सुरु भएको होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । कोभिड १९ संक्रमणका कारण दुई वर्षसम्म महोत्सव हुन पाएन । यसपटक कोरोना केही कम भएकोले महोत्सवलाई निरन्तरता दिन लागिएको उनले सुनाए ।

महोत्सवलाई सञ्चालन गर्न अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएका छन् । कोभिड १९ का कारण थला परेको पर्यटनलाई पुनः जागृत गर्न महोत्सवले सहयोग पुग्ने उनको भनाइ छ ।

‘अहिले लेकसाइडमा पर्यटक खासै छैनन् । विदेशी पर्यटक त छैनन् भन्दा पनि हुन्छ,’ उनले भने, ‘केही नेपाली पर्यटकका कारण हामी धानिएका छौं । अब विस्तारै इभेण्टमा फोकस गर्नुपर्छ ।’

पछिल्ला दिनहरूमा पोखरामा आन्तरिक पर्यटक निकै बढेका छन् । भारतीय पर्यटकसमेत पोखरा घुम्न थालेका छन् । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न महोत्सवले सघाउने होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुली बताउँछन् । रेष्टुरेण्ट एण्ड बार एसोसियसन पोखराले हरेक अंग्रेजी वर्षमा नयाँ वर्ष महोत्सव तथा सडक महोत्सव आयोजना गर्दै आएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई स्वागत गर्न हानले कार्यक्रम गर्न थालेको हो ।

होटल संघले गत ८(११ फागुन सम्म ‘जाउँ है पोखरा’ अभियान पूरा गरेको छ । पूर्वी नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तरक्रिया र भेटघाट गरेर पर्यटक डाकिएको हो । सोही क्रममा महोत्सव घुम्नका लागि समेत निम्ता दिइएको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १२ : २५ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र