१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता, १७ गते चुनाव चिन्ह प्रदान



काठमाडौं । निर्वाचन आयोगतले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारी दर्ता गर्ने क्रार्यक्रम सार्वजनिक गरेको हो ।

आयोगले वैशाख १५ गते उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ । त्यसअघि उम्मेदवारी दर्ता पछि त्यसमाथि जाँजबुझलगायतका प्रक्रिया पुरा हुने आयोगले जनाएको छ । वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म अन्तिम नामावली प्रकाशित हुनेछ ।

उम्मेदवारहरुलाई १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ ।

आयोगका अनुसार वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ । वैशाख २७ गते मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ४९ बजे

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका