१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

निर्वाचन आचारसंहिताः राजनीतिक दलले यसरी गर्न पाउनेछन् सञ्चार माध्यमको प्रयोग



काठमाडौं । निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ ।

आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र दलका भातृ संगठनले प्रचारप्रसारका बेला कसरी सञ्चार माध्यमको प्रयोग गर्न पाउनेछन् भन्ने खुलाइएको छ । स्थानिय निर्वाचन २०७९ वैशाख ३० गते हुन गइरहेको छ ।

आचारसंहितामा राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने उल्लेख गरिएको छ ।

राजनीतिक दलले निजी क्षेत्रको पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र चौडाई सात/सात इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन पाउने छ ।

‘स्थानीय तहका सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा दुई पटक प्रसारण गराउन सक्ने,’ निर्वाचन आचारसंहिता, २०७८ मा भनिएको छ ।

यस्तै, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा तीन पटक प्रसारण गराउन सक्नेछ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्य पदको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र लम्बाई सात÷सात इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन पाउने व्यवस्था आचारसंहिताले गरेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ।एम। रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन सक्नेछन् ।

राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा एक पटकमा एक मिनेट भन्दा बढी नहुने गरी चौबीस घण्टामा बढीमा चार पटक प्रसारण गराउन पाउने छन् ।

राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिने उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा उचाई र लम्बाई सात/सात इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामामात्र प्रचार सामग्री छपाउन पाउने छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ४ : ०९ बजे

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त

रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको

रोल्पा दुर्घटना अपटेड : थप दुई जनाको मृत्यु, मृतकको सङ्ख्या २० पुग्यो

दाङ । रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन

रोल्पाको जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु, उद्धार जारी

काठमाडौं । जलजला क्षेत्रमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु