१८ भदौ २०८३, बिहिबार | September 3, 2026

हामीले ल्याएको पानी खान्छन हामीले बनाएको पुलमा सेल्फी खिक्छन, टिकटक बनाउछन तर भोट दिदैनन : चन्द्र भन्डारी



बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गुल्मेली जनताले कांग्रेसले ल्याएको पानी पिएर पनि कांग्रेसलाई भोट नदिएको गुनासो गरेका छन् । बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भण्डारीले कांग्रेसले सबै भन्दा बढी लिफ्टिङ प्रविधिबाट गुल्मीमा खानेपानीको ल्याएको दाबी गरे ।

उनले गुल्मीमा कांग्रेसले नै दक्षिण एसियामा नै सबै भन्दा बढी पुल निर्माण गरेको पनि दाबी गरे । तीनवटा जिल्ला जोड्ने रिडीको पुल पनि कांग्रेसले नै ल्याएको भण्डारीले बताए । ‘हामीले बनाएको पुलमा टिकटक बनाउँछन्, तर हाम्लाई भोट दिन्नन् ।’ भण्डारीको गुनासो थियो ।

उनले कम्युनिष्टहरुले केवल गफ मात्र दिने गरेको आरोप लगाउँदै सिद्धबाबा मार्गको सडक र सुरुङपनि कम्युनिष्टहरुको गफ मात्र भएको आरोप लगाए । उनले आफुले सालझण्डी हुँदै गुल्मी निस्केने बैकल्पिक बाटो बनाएको दाबी गर्दै सो बाटो पिच भएपछि गुल्मी सहित स्याङ्जा, पाल्पा सम्मका जनताले सुविधा पाउने बताए ।

एक्काइसौ सताब्दीमा जनतालाई हतियार बोकाउन सक्ने माओवादीहरु एउटा गीतले सिर निहुराएर बस्नु परेको टिप्पणी गर्दै भण्डारीले कम्युनिष्टहरुले संविधान ल्याउन नसकेपछि कांग्रेसले संविधान ल्याएको दाबी गरे ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ०२ बजे

भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन