२१ आश्विन २०८३, बुधबार | October 8, 2026

विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला



काठमाडौं । आज २० मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

इराकमाथि हमलाः

सन् २००३ को २० मार्चदेखि अमेरिकाले इराकमा हमला गरेको थियो । सन् २००३ देखि सन् २०११ सम्म भएको उक्त हमलामा बेलायत, अस्ट्रेलिया र पोल्यान्डले सहयोग गरेका थिए । राष्ट्रसंघले अबैधानिक भनेको उक्त सो युद्धमा हजारौँ इराकीको मृत्यु भएको थियो ।
इराक हमलामा ४ हजार ४३१ अमेरिकी मारिएका थिए । अमेरिकामा सेप्टेम्बर ११ को अतिवादी हमलापछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस प्रशासनको अतिवादीविरुद्धको लडाइँको एउटा अंशको रुपमा सो युद्ध भएको थियो । यद्यपी सो हमला र इराकबीच कुनै सम्बन्ध थिएन ।

टोकियो सबवेमा विषाक्त ग्यास

सन् १९९५ मा जापानमा अतिवादीले टोकिाये सबवेमा विषाक्त ग्यास चुहावट गरिदिएका थिए । धार्मिक समूह अम शिनरिक्योका सदस्यहरूले विभिन्न रेलहरूमा घातक सारिन चुहाउने कन्टेनरहरू राखेपछि १२ जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका थिए ।

सापेक्षतावादको सिद्धान्त प्रस्तुत

सन् १९१६ मा सापेक्षतावादको सिद्धान्त प्रस्तुत गरेका थिए । क्रान्तिकारी सिद्धान्तले एकातिर पदार्थ र अर्कोतिर स्थान र समयको अन्तरनिर्भरताको वर्णन गर्दछ । यो भौतिकशास्त्रमा सबैभन्दा प्रभावशाली सिद्धान्तहरू मध्ये एक हो ।

अमेरिकी गृहयुद्धको दृश्य तय गरेको पुस्तक

सन् १८५२ मा अमेरिकी लेखिका ह्यारिट बिचर स्टोवीले अकंल टोम्स केबिन नामक कथा प्रकाशन गरेकी थिइन् । दासत्व विरोधी सो कथाले अमेरिकी गृहयुद्धको लागि दृश्य तय गर्न महत्वपूर्ण भूमिका भूमिका खेलेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ४५ बजे

भएनन् गगन थापा निर्विरोध, उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत कार्यकर्ताहरुले कांग्रेस सभापति पदमा निर्विरोध

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

यसियन पेन्टस् च्याम्पियन कप प्रतियोगिता : उपाधिका लागि सगरमाथा स्कूल र गुरुकुल भिड्ने

नेपालगन्ज । यसियन पेन्टस् च्याम्पियन कप अन्तर्गत जारी अण्डर –१८

उपचार गर्दा करणीको आरोप लागेका थापा हिरासतमै गम्भीर बिरामी, आईसीयुमा उपचार हुँदै

कोहलपुर । एक युवतीलाई उपचार गर्ने क्रममा गोप्य अंगमा हात

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप