४ पुस २०८२, शुक्रबार | December 19, 2025

आइसीसी लिग-२ : आज नेपाल यूएईसँग भिड्दै



काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्दैछ ।

दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ ।

आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ लाइनमा सुधार गर्नुपर्ने हुन्छ । अघिल्लो खेलमा नेपाल खराब ब्याटिङका बाबजुद पराजित हुन पुगेको थियो ।

यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई २ विकेटले हराउँदा दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो ।

नेपाल र यूएईबीच हालसम्म पाँच ओडिआई खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ भने यूएई तीन खेलमा विजयी भएको छ ।

प्रतियोगितामा नेपाल १० खेलमा ५ जित र ५ हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । यूएई १७ खेलमा ९ जित र ६ हारका साथ २० अंक जोड्दै दोस्रो स्थानमा छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको